काभ्रेली युवा गायक विनोद नेपालको ‘सान्नानीले लायो मोहनी’ सार्वजनिक (भिडियोसहित)

काभ्रेली युवा गायक विनोद नेपालको ‘सान्नानीले लायो मोहनी’ सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

काभ्रेली युवा गायक विनोद नेपालले नयाँ गीत सार्वजनिक गरेका छन् । सान्नानीले लायो मोहनी गीतमा स्वर विनोद नेपाल र प्रतिमा अर्यालको रहेको छ ।

गीतको शब्द महेश नेपालको छ भने एरेन्ज विष्णु तामाङको रहेको छ । मानबहादुर बरालको मिक्सिङ रहेको गीतलाई मिलन फिल्म प्रोडक्सन प्रालिले उत्पादन गरि बजारमा ल्याएको हो । गीतलाई सुफिक्स मदन स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

गीतको छायांकन मुकेश हुँमागाईंले गरेका हुन् भने यसमा सुजन श्रेष्ठको कोरियोग्राफी छ । यसमा श्रृंगार कविता तोलाडीको रहेको छ । सम्पादन रोशन धिमाल र निर्देशन मिलन श्रेष्ठले गरेका छन् । गीतमा डेजी श्रेष्ठ, भुवन चौलागाईं, सागर श्रेष्ठ र मनिता क्षेत्रीले अभिनय गरेका छन् ।

हरेक जसो विषयलाई गीतसंगीतको माध्यमद्वारा प्रस्तुत गर्ने गरेका विनोदले यस पटक मायाप्रेममा आधारित गीत सार्वजनिक गरेका हुन् । विगतमा दशैं तिहार लगायतका पर्व लक्षित गीतहरु उनले सार्वजनिक गरिसकेका छन् । पछिल्लो यस गीतले पनि दर्शक श्रोताको माया पाउने उनले विश्वास व्यक्त गरेका छन् । भिडियो :

 

 

 

Skip This
Skip This
Logo