चार राजाको गीतमा जितु र जुम्ल्याहा दिदीबहिनी स्मारिका र सामरिका (भिडियो)

चार राजाको गीतमा जितु र जुम्ल्याहा दिदीबहिनी स्मारिका र सामरिका (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

लोकप्रिय हास्यव्यङ्ग्य कलाकार राजा राजेन्द्र पोखरेलको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ ।

यस गीतको म्युजिक भिडियोमा टिकटकमा भाइरल भएका जुम्ल्याहा दिदीबहिनी समारिका र स्मारिका ढकाल तथा जितु नेपालको अभिनय रहेको छ ।

समारिका र स्मारिकाले पहिलो पटक अभिनय गरेका हुन् । यस्तै गीतको भिडियोमा जितु नेपाल मुन्द्रेले पनि पहिलो पटक अभिनय गरेका हुन् ।

यस गीतमा राजुबाबु श्रेष्ठको शब्द तथा राजनराज शिवाकोटीको संगीत रहेको छ । यस्तै राजन इशानले संगित संयोजन गरेका छन् ।

गीतलाई माइकल चन्दले निर्देशन गरेका हुन् । विकास दाहालले गीतको भिडियोलाई सम्पादन गरेका छन् भने ज्ञानेन्द्र शर्माले खिचेका हुन्।

गीतमा प्रथम खड्का, सुमन कार्की, प्रभात लामा लगायतका कलाकारको पनि अभिनय देख्न पाइन्छ छ । ‘पिरतीको चस्मा’ बोलको गीत राजा राजेन्द्र पोखेरलको आफ्नै आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

Logo