ट्वींकलले सुनाइन्, पहिलो पीरियडको यस्तो अनुभव

ट्वींकलले सुनाइन्, पहिलो पीरियडको यस्तो अनुभव

केन्द्रबिन्दु
0
Shares

अक्षय कुमारको फिल्म प्याडमेन फेब्रुअरी ९ मा रिलिज हुँदैछ । यो फिल्म पीरियड्स र सेनेटरी प्याडको विषयमा बनाइएको छ । फिल्मकी निर्माता ट्वींकल खन्ना अहिले फिल्मकाे प्रमोशनमा छिन् । हालै एक इभेन्टमा ट्वींकलले पिरियड्सको बारेमा एक खुलासा गरिन् ।

इभेन्टमा उनले आफ्नी पहिलो पीरियड्सको बारेमा बताइन् । ट्वींकलले भनिन्, ‘मलाई याद छ, जब म बोर्डिङ स्कुलमा थिएँ र मलाई यी सबै कुराको राम्रो जानकारी पनि थिएन । त्यहाँ मलाई पीरियड्सको बारेमा बताउने मेरी आमा वा सानीआमा थिएनन् ।

एक दिन स्कुलको क्यान्टिनमा मलाई लाग्यो कि, मेरो युनिफर्ममा दाग लागेको छ । यो थाहा पाउनसाथ म तुरुन्त दौडिएँ । आफ्नो रुममा गएर कपडा बदलें । मलाई लागेको थियो कि, त्यो दाग मैले मात्र देखें । ट्वींकलले भनिन् पीरियडको बारेमा कुरा गर्न लजाउनु हुँदैन ।’

इभेन्टमा ट्वींकलले अर्को पनि कथा सुनाइन् । उनले बताइन् कि पछिल्लो बर्ष दक्षिण भारतमा एक शिक्षकले एक १२ बर्षिय छात्रालाई यसकारण क्लासबाट निकालेका थिए कि, पीरियडका कारण उनको कपडा र सिटमा दाग लागेको थियो । विद्यार्थीले बालकोनीमा गएर सुसाइड गरे । शरीरको सामान्य क्रियामा लजाउनु हुँदैन ।

Logo