बालेनको ‘जय महाकाली’ गीतले मच्चायो तहल्का, युट्युब ट्रेनिङमा,११ घण्टामै २१ लाख २४ हजार भ्यूज पार

बालेनको ‘जय महाकाली’ गीतले मच्चायो तहल्का, युट्युब ट्रेनिङमा,११ घण्टामै २१ लाख २४ हजार भ्यूज पार

केन्द्रबिन्दु
54
Shares

काठमाडौं। प्रधानमन्त्रीको शपथको तयारी गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री पदको शपथ लिनुअघि सार्वजनिक गरेको ‘जय महाकाली’ गीतले युट्युबमा छोटो समयमै नयाँ रेकर्ड कायम गरेको छ । चैत १२ गते बिहीबार साँझ रिलिज भएको उक्त गीतले चैत १३ गते शुक्रबार बिहानसम्म आइपुग्दा २१ लाख २४ हजार भन्दा बढी भ्यूज बटुल्न सफल भएको हो। यस्तै २ लाख ९८ हजार भन्दा बढीले युट्युबमा लाईक र ३५ हजार भन्दा बढीले कमेन्ट समेत गरेका छन् ।

उक्त गीत सार्वजनिक भएको मात्र २ घण्टा १२ मिनेटमै १० लाख भ्यूज पार गरेको गीतले पहिलो एक घण्टामै १ लाखभन्दा बढी दर्शक तानेको थियो। करिब ११ घण्टाको अवधिमै २१ लाख भ्यूज नाघ्नु नेपाली युट्युब ट्रेन्डमा दुर्लभ उपलब्धि मानिएको छ ।

बालेनको प्रधानमन्त्री शपथसँगै गीतको चर्चा झन् चुलिँदा भ्यूज तीव्र गतिमा बढिरहेको छ । रियल–टाइम युट्युब रिपोर्टहरूका आधारमा ‘जय महाकाली’ हाल ट्रेन्डिङमा रहँदै तीव्र गतिमा दर्शक तानिरहेको देखिन्छ।

विश्लेषकहरूले यसलाई संगीत मात्र नभएर बालेनको राजनीतिक सन्देश र लोकप्रियताको प्रतिबिम्बका रूपमा व्याख्या गरेका छन्। छोटो समयमै यस्तो भ्यूज पाउनु नेपाली संगीत क्षेत्रमा उल्लेखनीय रेकर्डको रूपमा हेरिएको छ ।

गीतको पुरा भिडियो :

Logo