काठमाडौं । चर्चित हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले पूर्वप्रधानमन्त्री गृहमन्त्री र मन्त्री पक्राउबारे हाँस्यास्पद टिप्पणी गरेका छन्।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वमन्त्री दीपक खड्का पक्राउ प्रकरणपछि उनले राजनीतिक अवस्थाप्रति व्यङ्ग्य गर्दै स्टाटस लेखेका छन् ।
उनको स्टाटसमा भनिएको छ- “एवम् रितले पक्राउ गर्दै जाने हो भने त अरु पार्टीमा पनि सुदनकै उमेरका मात्र बाँकी रहलान् जस्तो भो त सोल्टी ।”
यो टिप्पणी सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले यसलाई वर्तमान राजनीतिक घटनाक्रममाथिको हास्य व्यङ्ग्य भनेका छन् भने केहीले यसलाई हल्का शैलीको कटाक्षका रूपमा व्याख्या गरेका छन् ।






























प्रतिक्रिया