काठमाडौं ।
कीर्तिमानी गीतकार डा डीआर उपाध्यायको नयाँ गीत ‘विश्वभरी अमर बनेका छन्‘’ सार्वजनिक भएको छ । गीतमा सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीत तथा देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको छ । यस गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने व्यक्तित्वहरूको सम्मान स्वरूप गीत तयार पारिएको उपाध्यायले बताएका छन् ।
यस गीतमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने धेरै व्यक्तित्वहरूको नाम लिइएको छ । उपाध्यायको केही समय अघि सार्वजनिक एल्बम ‘धरोहर’मा रहेको यो गीतले पनि कीर्तिमान कायम गर्न सफल भएको थियो ।
फरक शैलीका गीत मार्फत डा. उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल भएका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गरेका छन् । उनका गीत सबै वर्ग, पेशा र समुदायका लागि उत्तिकै मर्मस्पर्शी रहेका छन् ।
सयौं गीतका सर्जक डीआरका दश उपन्यास पनि पाठकमाझ आइसकेका छन् । उपाध्यायको नयाँ उपन्यास ‘कफी लभ’ पाठकमाझ आउने तयारीमा छ ।





























प्रतिक्रिया