प्रताप र अस्मिताको आवाजमा सरोज र आश्माको ‘आउ माया साथै’ मा (भिडियो)

प्रताप र अस्मिताको आवाजमा सरोज र आश्माको ‘आउ माया साथै’ मा (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

चर्चित डान्सर जोडी सरोज अधिकारी र आश्मा विश्वकर्माको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

आउ माया साथैमा बोलको गीतलाई गायक प्रताप दास र गायिका अस्मिता अधिकारीले आफ्नो आवाज दिएका छन् । गीतमा गंगा दुलालको शब्द छ भने राजेन्द्र बजगाईँको एरेन्ज र म्युजिक रहेको छ ।

उत्सव दाहालले खिचेको गीतको भिडियोलाई माईकल चन्दले निर्देशन गरेका छन् । गुन्जन रेकर्डिङमा रेकर्ड गरिएको गीत ईनाक्षी ईन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक भएको छोटो समयमा नै गीतले दर्शकहरुबाट निकै राम्रो प्रतिक्रिया बटुलिरहेको छ ।

Logo