काठमाडौं ।
अभिनेत्री साम्राज्ञी आरएल शाह पहिलोपटक म्यूजिक भिडियोमा देखिएकी छिन् । साम्राज्ञी नेहा आरएल शाह अर्थात् साम्राज्ञीकै आमाको आवाज रहेको ‘तिमी र म…’ बोलको गीतमा मोडलको रूपमा देखिएकी हुन् । साम्राज्ञीलाई यो गीतमा उनकै ब्याइफ्रेण्डको रुपमा चर्चामा रहेका देबांस राणाले साथ दिएका छन् ।
साम्राज्ञीले आमाले गाएको गीत भएर नभई गीत नै राम्रो लागेर आफूले अभिनय गरेको बताएकी छिन् । तिमी र म बोलको गीतको भिडियो बोधी एच डी यूटुब च्यानलबाट सार्वजनिक भएको हो । विराज गौतमले लेखेको यो गीतमा संगीत पनि गौतमकै रहेको छ ।
गायन क्षेत्रमा नेहाको सक्रियता नभए पनि अब भने सक्रिय रूपमा लाग्ने उनले बताउँदै आएकी छिन् । यसअघि उनले गाएको ‘मेरो मनको सपना र फूलै फूल्यो बोलको गीत स्रोतामाझ निकै रुचाइएको थियो । नेहाको आवाजमा रेकर्ड भएको र रिलिज हुन बाँकी आधा दर्जन गीतहरू क्रमशः सार्वजनिक गर्दै जाने जानकारी समेत उनले दिएकी छिन् ।
भारतीय संगीत गुरूसँग चार बर्ष शास्त्रीय संगीतको प्रशिक्षण लिएकी गायिका नेहा आफू जीवन र जगतसँगै माया र साथ अनि जीवन संघर्षका गीत गाउन बढी मन पराउने बताउँछिन् । भिडियो :































प्रतिक्रिया