पद्यावतीको निर्माणमा ब्ल्याकमनी ? फेरी अर्को ट्वीष्ट

पद्यावतीको निर्माणमा ब्ल्याकमनी ? फेरी अर्को ट्वीष्ट

केन्द्रबिन्दु
0
Shares

मुम्बाई, २५ कात्तिक । निर्माण चरणदेखि नै अनेकौ झमेला सामना गर्दै आएको फिल्म ‘पद्यावती’मा फेरी अर्को ट्वीष्ट आएको छ । फिल्मको सम्बन्धमा भारतीय जनता पार्टीका एक संसदले दिएको विवादास्पद बयानसँगै नयाँ रहस्य खुलेको हो ।

बिजेपी सांसद चिन्तामणि मालवीले फेसबुकमा यस्तो लेखेका थिए, ‘जिनकी स्त्रियाँ रोज शौहर बदलती है, वे जौहर क्या जानें ?’
उनै सांसद चिन्तामणिले पद्यामवी निर्माणका लागि दुबईबाट बजेट ल्याइएको दाबी गरेका छन् । उनको भनाई अनुसार हिन्दुको बदनाम गर्नका लागि दुबईबाट पैसा खर्चिएको हो । उनीहरुले फिल्मको बजेट कहाँबाट ल्याइयो भन्ने कुरामा खोजतलास हुनुपर्ने माग गरेका छन् ।

उनले भनेका छन्, ‘यो १ सय करोड (भारु) को फिल्म स्वभाविक रुपमा बैंकबाट लोन लिएर बनाइएको होइन । यसमा ब्ल्याक मनी पनि लगाइएको छ । र, टेरर फन्डिङ पनि छ । यसमा संगठित अपराधको पैसा खन्याइएको छ । पद्यावती निर्माणका लागि दुबई लगायतबाट ब्ल्याकमनी लगाइएको छ ।’

तर, फिल्म निर्माता, निर्देशक संजय लिला भन्सालीले भने यो आरोपको खण्डन गरेका छन् । साथै उनले ऐतिहासिक फिल्मलाई आफुले मिहेनतसाथ, इमान्दारितासाथ बनाएको जिकिर गरेका छन् । रानी पद्यावतीको वीरता र आत्म बलिदानलाई नमन गरेको भन्दै भन्सालीले फिल्ममा कुनैपनि काल्पनिक कथा नमिसाइएको बताएका छन् ।

Skip This
Skip This
Logo