विवाह गर्न नमानेपछि अभिनेत्रीमाथि चक्कु प्रहार

विवाह गर्न नमानेपछि अभिनेत्रीमाथि चक्कु प्रहार

केन्द्रबिन्दु
0
Shares

एजेन्सी ।

बलिउड अभिनेत्री मालवी मल्होत्रामाथि चक्कु प्रहार भएको छ। सोमबार बेलुका अभिनेत्री मालवी चक्कु प्रहार भएको हो । चक्कु प्रहारबाट घाइते भएकी उनको मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उपचार भइरहेको छ ।

उनीमाथि मुम्बईको बर्सोवा क्षेत्रमा चक्कु प्रहार भएको हो। अभिनेत्री मालवीले आफूमाथि चक्कु प्रहार गर्ने प्रोड्यूसर योगेश मालवी रहेको बताएकी छिन् ।

आफूसँग विवाह गर्न नमानेको आरोपमा योगेश मालवीले चक्कु प्रहार गरेको अभिनेत्री मालवीको आरोप छ । योगेश उनका फेसबुकका साथि हुन् ।

घटनापछि मालवीले भनिन् – ५ मिनेट टाढा कफी पसल थियो, त्यहाँबाट म फर्किरहेकी थिएँ। त्यसपछि अचानक योगेश आफ्नो कारबाट आएर मसँग कुरा गर्न खोजे। त्यसपछि उसले मलाई आफ्नो कार तिर लाग्यो र चक्कु प्रहार गर्यो। वास्तवमा ऊ मेरो अनुहारमा आक्रमण गर्न चाहान्थ्यो तर मैले उसको अनुहारमा हात राखिदिए। उसको स्क्वायर मेरो दाहिने हातमा थियो।  म भुइँमा लडे पछि केही व्यक्ति मेरो सहयोगका लागि आए र मलाई अस्पताल लगे।

 

malabi malhotra.PNG

 

Skip This
Skip This
Logo