धेरै पढेका ५ बलिउड अभिनेत्री

धेरै पढेका ५ बलिउड अभिनेत्री

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दू डेस्क । १६ भदौ २०७३ काठमाण्डौं ।
बलिउडमा थोरै कलाकर्मीले मात्र धेरै पढेका छन् ।

बलिउडमा पढेका कलाकार जतिपनि होलान् भन्ने छ । तर औंलामा गनिने कलाकारले मात्र धेरै पढेका छन् । धेरै कलाकारले स्कूलमा नै पढाई छोडेका छन् । तर यहाँ पढेका मध्येपनि धेरै पढ्ने महिला कलाकारको फेहरिस्त प्रस्तुत गरिएको छ ।

माधुरी दिक्षित एकताका धेरै पढ्नेमा गनिन्थिन् । उनले माइक्रोबायोलोजीमा स्नातकोत्तर गरेकि छन् । अन्य केही अभिनेत्रीले स्नातकसम्मको अध्ययन गरेका छन् भने यहाँ प्रस्तुत समकालीन अभिनेत्रीहरुले स्नातकोत्तरसम्मको अध्ययन सकेका छन् ।

प्रिति जिन्टा
यी चुलबुले अभिनेत्रीले सुरुमा अंग्रेजीमा स्नातक गरिन् । र, पछि ‘क्रिमिनल साइकोलोजी’ मा स्नातकोत्तर गरिन् ।

परिणिती चोपडा
यी अभिनेत्री १७ बर्षको हुँदा लन्डन गईन् । त्यसपछि म्यानचेस्टर विजनेस स्कूलवाट फाइनान्स् र इकोनोमिक्स्मा अनर्स डिग्री लिइन् ।

सोहाअली खान
नयाँ दिल्लीको ब्रिटिस कलेजको पढाई सकेर अक्सफोर्ड पुगिन् । र, इकोनोमिक्स र पोलिटिकल साइन्स्को इन्टरनेस्नल रिलेसनमा मास्टरडिग्री लिइन् ।

विद्या बालन
समाजशास्त्रमा स्नातकोत्तर गरेकीछन् यिनले । मुम्बई युनिभर्सिटीवाट मास्टर डिग्री गर्नुअघि उनले सेन्टजेभियर कलेजवाट स्नातक गरेकी थिइन् ।

अमिसा पटेल
सानैदेखि पढ्नमा चर्चित थिइन् यी । पछि बोष्टर्न युनिभर्सिटीवाट बोयोलोजीकल इन्जिनियरिङमा डिग्री लिईन् ।

स्रोत – भारतीय मिडिया

Skip This
Logo