लेखक नायिका

लेखक नायिका

केन्द्रबिन्दु
0
Shares

सरिता महर्जन । १६ साउन २०७४ काठमाण्डौं ।

अधिकांश नेपाली अभिनेत्री पढेलेखेका छैनन् । पढेलेखेका भनिएकाहरु पनि सृजनात्मक लेखनमा छैनन् । तर अपवादमा नेपाली अभिनेत्रीहरु लेखन कार्यमा पनि मुसिएका छन् । तिनै मध्येमा पर्छन् गौरी मल्ल, जल शाह, सुभद्रा अधिकारी र विनिता बराल ।

अभिनेत्री अरुणिमा लम्सालले पनि फिल्म लेखिन् । उनले लेखेको फिल्मको नाम ‘दिपशिखा’ हो । त्यसैगरी अर्कि अभिनेत्री वेनिशा हमालले पनि फिल्म लेख्ने घोषणा गरियो । त्यो पनि एकैपटक दुईवटा । तर, यी दुई अभिनेत्रीलाई नामका मात्र लेखक मानियो । बरु अरु कसैले लेखिदिएको भनेर आरोप लाग्यो ।

सानोपर्दाकी सदावहार अभिनेत्री तथा कलाकार संघकी महासचिव सरिता लामिछाने त आफैंमा पत्रकार हुन् । उनले धेरै समाचार र विचारहरु लेखेकि छन् । ती प्रकाशित पनि हुँदै आएका छन् । मिथिला शर्मा पनि लेख्छिन् भन्ने गाइगुई हुन्छ । तर पुष्टि हुन सकेको छैन ।

लेखनमा रुची राख्ने गौरी, जल र विनिता पनि ब्यवसायिक लेखक चाहिं होइनन् । रहर र चर्चाकालागी उनीहरुले लेखेको हो भनेर आरोप लगाउने समीक्षकहरु पनि धेरै छन् । किटानका साथ भन्न सकिन्छ, नलेख्नुभन्दा लेखेकै राम्रो हो । सृजनात्मक लेखनकोलागी अवश्यनै धेर–थोर अध्ययन चाहिं चाहिन्छ । यी सवालमा पनि ३ अभिनेत्री अगाडि छन् ।

यी हुन् लेखनमा रुची मान्ने ४ अभिनेत्री

विनिता बराल
चपली गर्लको नामले समेत चिनिने अभिनेत्री विनिता बरालले एउटा उपन्यास लेखेर सार्वजनिक गरेकिछन् । उनको उपन्यासको नाम ‘जुइनो’ हो । केही अघि तरकारी खेतीमा लागेकी अभिनेत्री बरालले कृषिमा आधारित भएर प्रेम कथा पस्केकी छन् यस उपन्यासमा । उपन्यास लेख्ने उनी पहिलो नेपाली नायिका भएकिछन् ।

गौरी मल्ल
राम्रो अभिनय गर्ने अभिनेत्रीको रुपमा चिनिएकी गौरी मल्ल कलाकारपछि कवयित्री हुन् । उनले दर्जनौं कविता लेखेकी छन् । एकल कविता वाचन गर्ने तयारीमा रहेकी उनले अमेरिकाको न्यूयोर्कमा आयोजित एक कार्यक्रममा दर्जनौं कविता वाचन गरेकि थिइन् । उनका केही कविता प्रकाशित पनि भएका छन् ।

सुभद्रा अधिकारी
बरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीले लेखेको पुस्तक सार्वजनिक भएको छ । उनले कलाकार सुभद्रा अधिकारी जीवन गाथा नामको पुस्तक प्रकाशित गरेकि हुन् । उनी पुस्तक लेख्ने पहिलो नेपाली अभिनेत्री हुन् । यस पुस्तकमा उनले नेपाली कला र कलाकारहरुले भोगोको विगतलाई प्रष्टसँग उतारेकिछन् ।


जल शाह
हाल अमेरिकामा बसोबास गरिरहेकी अभिनेत्री जल शाह पनि कविता लेख्छिन् । उनले लेखेको ‘आमा’ शीर्षकको कविता प्रकाशित भएको थियो र चर्चा पनि पाएको थियो । चर्चित साहित्यकार प्रेमा शाहकी छोरी जलले कथा पनि लेखेकी छिन् । कविता संग्रह प्रकाशित गर्ने उनको लक्ष्य रहेको छ ।

Skip This
Logo