पतिको विराट कोहलीको हौसला बढाउन दुबई पुगिन् अनुष्का

पतिको विराट कोहलीको हौसला बढाउन दुबई पुगिन् अनुष्का

केन्द्रबिन्दु
0
Shares

बलिउड अभिनेत्री अनुष्का शर्मा गर्भवती छिन् र उनी अहिले आफ्ना पति क्रिकेटर विराट कोहलीको हौसला बढाउन दुबई पुगेकी छन् ।

आईपीएल २०२० मा उनी विराटको टीम रोयल च्यालेन्जर्स बेंगलुरुलाई चीयर गर्ने गरेकी छन् । आइतवार उनी रातो कपडा लगाएर आरसीबीलाई चीयर गर्दै गरेको देखिएको थियो ।

रेड ड्रेसमा अनुष्का गजबकी देखिएकी थिइन् । उनको गर्भ पनि देखिएको थियो ।

रातो कपडासँगै अनुष्काले सुनका ठूला हूपहरू पनि लगाएकी थिइन् । उनको औंलामा इन्गेजमेन्ट रिंग पनि देखिएको थियो ।

अहिले विराट कोहली शानदार फर्ममा छन् र उनको टीम आरसीबीले आईपीएलमा राम्रो प्रदर्शन पनि गरिरहेको छ । विराटको सफलतामा अनुष्काको पनि हात रहेको भन्दै सामाजिक सञ्जालमा तारिफ भइरहेको छ ।

Skip This
Skip This
Logo