एपी शेर्पाले ल्याए दशैं गीत (भिडियोसहित)

एपी शेर्पाले ल्याए दशैं गीत (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

धरान ।

गायक एपी शेर्पाले दशैंको अवसरमा दशैं गीत लिएर आएका छन् । कोभिड १९ को महामारीले यसपालीको दशैं नै खल्लो भएकोले भिडियोसहित रिलिज गर्ने योजना भएपनि गायक शेर्पाले दशैं गीत आफ्नो युट्युब च्यानलमार्फत लिरिकल भिडियोको रुपमा रिलिज गरेका छन् । गायक शेर्पाले आफ्नै रचना र स्व. राइमन राईको संगीतमा दशैं गीत तयार गरेका हुन् ।

बर्षदिनमा आउने चार्ड
खुशीले छायो सारा गाउँ शहर
दुःखलाई भुलाई सबै एकै ठाउँमा मिली
खुशीले रमाउँ आउ झुमौं
नाचौं गाऔं गरौँ रमाइलो
दशैं आयो
खुशीको बहार आयो
गाउँ शहरमा उमंग छायो

उनले आगामी बर्ष कोरोना महामारीको अन्त्य भई उल्लासमय रुपमा भिडियोसहित गीत रिलिज गर्ने वातावरण तयार होस भन्ने कामना गर्दै घरमै बसेर सबैलाई दशैं मनाउन अनुरोध गरेका छन् । दशैं गीतको भिडियो :

Skip This
Skip This
Logo