नवोदित गायक कृष्ण कार्कीले अर्का गायक पवन भाटसँगको सहकार्यमा दसैँ तिहारलाई लक्षित गर्दै ‘ए आमा’ बोलको गीत सार्वजनिक गरेका छन् ।
दसैँ र तिहारको मर्म बोकेको गीतमा दसैँ र तिहारमा टाढा रहँदाको पिडालाई व्यक्त गरिएको छ । आफ्नो घरपरिवारबाट टाढा रहदाँ चाडपर्वमा महसुस गर्ने पिडालाई गीतमा दर्साइएको छ ।
गीतमा शब्द हिराछवी श्रीषाको रहेको छ भने यसमा दर्पण यात्रीको सङ्गीत रहेको छ । गीतमा विमला गिरी , दर्पण यात्री , दिया यात्री , सफलता , सुरज पुन र सागर लम्सालको अभिनय रहेको छ ।
भिडियोलाई सुजन श्रेष्ठले छायांकन गरेका हुन् भने यसमा दिन्सन शाहको सम्पादन रहेको छ । भिडियोलाई गीतकार श्रीषाले नै निर्देशन गरेका हुन् ।





























प्रतिक्रिया