चर्चित गायक रामकृष्ण ढकालको स्वरमा तयार भएको ‘मान्छे किन जन्मन्छ ?’ बोलको गीत सार्वजनिक भएको छ । चलचित्र निर्देशक मनोज पण्डितद्वारा रचना गरिएको गीत संगीतकार चक्रपाणी तिमल्सिनाले संगीतबद्ध गरेका हुन् । गीतमा गोविन्द मधुर आचार्यले संगीत संयोजन गरेका छन् ।
अकष्टिक नेपाल, नक्सालमा रेकर्डिङ भएको गीतका रेकर्डिस्ट राजाबाबु चौधरी हुन् भने ध्वनी सम्पादन तथा तथा मास्टरिङ वरिष्ठ साउण्ड इन्जिनियर प्रकाश मिश्रले गरेका छन् ।
अल थ्रि मोटिभ स्टुडियोको ब्यानरमा तयार भएको म्युजिक भिडियोको निर्देशन चलचित्र निर्देशक मनोज पण्डित आफैंले गरेका हुन् । भिडियो सम्पादन सन्तोष दवाडीले गरेका छन् भने कलरिङ पदम तिमल्सिनाले गरेका हुन् । क्यामेरामा प्रकाश गोपाली रहेका छन् । उक्त गीत संगीतकार चक्रपाणि तिमल्सिनाको आफ्नै युबटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
भिडियो





























प्रतिक्रिया