महिला हस्तकला मेला फागुन २२ गतेदेखि हुने भएको छ ।
बिहीबार पत्रकार सम्मेलनमार्फत नेपाल हस्तकला महासंघ र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा मेलाको आयोजना गरिने जानकारी दिइएको हो । ‘हस्तकलाको प्रवद्र्धन, महिला सशक्तिकरणको सम्र्वद्धन’ भन्ने नारासहित हुने मेलामा नेपाली उत्पादन तथा नेपालको पहिचान झल्कने गरी स्टलहरु राखिने आयोजकले जनाएको छ ।
मेलामा सानाठूला गरी ५० भन्दा बढी स्टलहरु रहने बताइएको छ । मेलामा नेपाली ढाका, बाँस, काष्ठकला, गरगहना, कपडा, सीसा, धातु तथा कागजबाट बनाइएका सामानहरुको प्रदर्शन हुनेछ । हस्तकला मेला ललितपुर महानगरपालिका अगाडिको खाली स्थानमा हुनेछ । फागुन २४ गते मेलाको समापन हुनेछ ।































प्रतिक्रिया