काठमाडौं ।
लोकप्रिय नेप्लीज अमेरिकन रक व्याण्ड द भाइब्ज व्याण्डले विजया दशमीको सांगितीक उपहारस्वरुप रमाईलो म्युजिक भिडियोसहित नयाँ गीत सार्वजनिक गरेको छ।
व्याण्डले विजया दशमी ०७७ का अवसरमा मात्र तिमी बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेको हो । अमेरिकाको क्यालिफोर्नियास्थित शान्ता रोजामा छायांकन गरिएको म्युजिक भिडियो दीपक बजमनको छायांकन र निर्देशनमा तयार भएको हो । भिडियोमा व्याण्डका गितारिष्ट रुपक लामा र उनकी पत्नी इन्दिरा राईले अभिनय गरेका छन् ।
भाइब्जको म्युजिक भिडियो हाईलाईट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । द भाइब्ज व्याण्डले केही अघि मात्र आफ्नो लोकप्रिय गीतलाई नयाँ भर्सनमा तयार पारी सार्वजनिक गरेको थियो । व्याण्डले २० वर्ष अघि नै सार्वजनिक भई लोकप्रियता कमाउन सफल व्याण्डको कुनै जादुु बोलको गीत अनप्लग्ड भर्सनमा ल्याएको थियो ।
द भाइब्ज व्याण्ड अमेरिकाको सन्त रोसामा रहेका उत्साहित सांगितीक युवाहरुले स्थापना गरेको व्याण्ड हो । व्याण्डले गठन भएको ४ वर्षको मेहनतपछि स्तरिय नेपाली रक गीत संगीतहरुलाई समावेश गरेर पहिलोपटक सन् २००९ मा द भाइब्ज जेनेरेशनको नाममा रक गिती अडियो एल्बम सार्वजनिक गरेको थियो । पहिलो एल्बमबाटै वाहवाही पाए पनि व्याण्डले दोस्रो एल्बम सार्वजनिक गर्नका लागि अर्को ४ वर्ष कुर्नु पर्यो । सन् २०१३ मा दोस्रो एल्बम को हुँ म बजारमा ल्यायो । पहिलो एल्बम ल्याए लगत्तै सन् २००९ को हिट्स एफएम अवार्ड र इमेज अवार्ड चुमिसकेको द भाइव्ज व्याण्ड संगीत क्षेत्रमा केही गर्ने उच्च महत्वकांक्षाका साथ मूख्यतया ३ उत्साहि युवाले गठन गरेका थिए।
व्याण्डमा दिरेकललाल श्रेष्ठ ड्रमर, प्रइन सिंह भोकलिष्ट र रुपक लामा गितारिष्ट रहेका छन् । व्याण्डले खै के भो, थाकी सके, त्यही पल, आमा, फसें म र हाम्रो तारा बोलका गीतमाथिको म्युजिक भिडियोमार्फत समेत ख्याति आर्जन गरिसकेको छ।





























प्रतिक्रिया