काठमाडौं ।
नेपाली मनहरू यतिबेला दसैंको संघारमा छौं । मौसमले होस् या, सांगीतिक धुनले होस् जहाँ त्यही दसैंकै माहोल छ । महामारीका कारण सधैं झैं यो वर्षको दसैंले माहोल बनाउन नसके पनि हरेक नेपालीको मनमा दसैं छ, दसैंसँग जोडिएका किस्साहरू छन् । अझ सेलेब्रिटीका दसैं किस्साहरू आम दर्शक स्रोता तथा पाठकका लागि प्रिय नै लाग्छन् ।
आज हामीले केन्द्रविन्दु टक शो मा चर्चित गायिका मिलन नेवारको दसैं अनुभूति, बालापन अनि उनको सिंगो सांगीतिक करियरका किस्साहरू समेट्ने प्रयास गरेका छौं ।
हरेक मान्छेसँग आ–आफ्नो व्यक्तिगत जीवन हुन्छ, अनुभूति हुन्छन् । उसले एउटा इतिहास नै बोकेको हुन्छ । यस्तै इतिहास, अनुभूति बोकेकी गायिका हुन् मिलन नेवार ।
जीवनमा थुप्रै उतारचढावको बक्ररेखासँग खेल्दै अघि बढेकी नेवारसँग दसैंसँग जोडिएका अनुभूतिहरू पनि थुप्रै छन् । उनीसँग टीका, जमरा, दक्षिणा अनि पारिवारिक सुख, दुःखका किस्साहरू पनि उतिकै छन् । यी र यस्तै विषयमा रहेर केन्द्रविन्दुका लागि मनोज न्यौपानेले गर्नुभएको दसैं विशेष भिडियो कुराकानी :





























प्रतिक्रिया