जन्मदिनमै गायक विक्रमको ‘ज्यानलाई भो खतरा'(भिडियो)

जन्मदिनमै गायक विक्रमको ‘ज्यानलाई भो खतरा'(भिडियो)


चर्चित कलाकार, चलचित्र निर्माता, गायक विक्रमजंग शाहले नयाँ गीत ‘ज्यानलाई भो खतरा’ सार्वजनिक गरेका छन्। 

आफ्नो जन्मोत्सवको अवसर पारेर एक कार्यक्रमकाबिच सार्वजनिक ज्यानलाई भो खतरा गीतमा लेखु सहयात्रीको शब्द र सुभाष भुषालको संगीत रहेको छ। गायक शाहको साथमा चर्चित गायिका अन्जु पन्तले स्वर दिएकी छिन्। गायक विक्रमले गीतलाई सुहाउँदो उत्कृष्ट भिडियो तयार पारी सार्वजनिक गरेका हुन्।

मुस्ताङको रमणीय स्थल मार्फा गाउँ र धुम्बा ताल परिसरमा खिचिएको गितको भिडियोमा नायिका शिल्पा पोखरेल र रविन्द्र रिमालको आकर्षक अभिनय रहेको छ। नायिका शिल्पाले भिडियोलाई निकै मेहनतका साथ खिचिएको बताएकी छिन् । भिडियोमा मनोज केसीको कन्सेप्ट तथा सम्झना उप्रेती रौनियारले निर्देशन गरेकी छिन्। अडियोको भाव अनुसारनै भिडियो तयार गरिएको निर्देशक सम्झनाले बताइन्।

लामो समयदेखि नेपाली फिल्म तथा गीतसंगीतसँग सक्रिय शाहले यसगीतको टिकटक बनाउनेलाई आगामी भिडियोमा अवसर दिने बताउँदै भने ‘यसगीतमा टिकटक बनाउने मध्येबाट एक जनाले आउँदो भिडियोमा अभिनय गर्ने मौका पनि पाउनेछन् । शाहले उत्कृष्ट भिडियोको चयन आफ्नो टीमले गर्ने बताउँदै यसमा टिकटक प्रयोगकर्ताले टिकटक बनाएर ह्यासट्यागमा ‘ज्यानलाई खतरा’ लेखेर पोस्ट गर्नु पर्ने बताए।

भिडियोमा गोविन्द राईको कोरियोग्राफी, रामेश्वर हुमागाईंको छायांकन, भरत रेग्मीको सम्पादन तथा रंग संयोजन, सीता तामाङ केसीको मेकअप, राजेन्द्र कमल राईको ड्रेस डिजाइन र सुन्दर श्रेष्ठ (आइडियल)को पोस्टर डिजाइन रहेको छ। गीतको भिडियोलाई सबस्त ईन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

 

Logo