लकडाउनपछि गायक लामाको अभियान- ट्राभल विथ राजु लामा (भिडियाेसहित)

लकडाउनपछि गायक लामाको अभियान- ट्राभल विथ राजु लामा (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

कोरोना महामारीको कारण विगत ६ महिनादेखि नेपालको पर्यटन क्षेत्र थलिएको छ । जसले गर्दा २०२० भ्रमण वर्षको रुपमा धुमधामसँग मनाउने सरकारको योजना पनि स्थगित बन्यो ।

तर ६ महिनापछि अन्य क्षेत्रहरु खुकुलो भएसँगै विस्तारै पर्यटन क्षेत्रले पनि गति लिन थालेको छ । बाह्य पर्यटकहरु आउन नसकेपनि आन्तरिक पर्यटकहरु नेपालका विभिन्न ठाउँहरुमा भ्रमणका लागि निस्कन थालेका छन् ।

यसै सन्दर्भमा लोकप्रिय गायक राजु लामाले ट्राभल विथ राजु लामा नामक क्याम्पियन सुरु गरेका छन् । नेपालको संस्कृति, जीवनशैली, प्राकृतिक सुन्दरता लाई राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्ने र लकडाउनले गर्दा ठप्प भएको आर्थिक गतिविधिलाई पर्यटन क्षेत्रको माध्यामबाट केही हदसम्म भएपनि चलायमान बनाउने उदेश्यले यस क्याम्पियनको सुरुवात गरेको राजु बताउँछन् ।

क्याम्पियनको सुरुवात राजुले आफ्नो गृह जिल्ला सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिकाबाट गरेका छन् । पहिलो चरणमा उनले अझै ६ वटा पर्यटकीयस्थल भ्रमण गर्नेछन् । त्यसैगरि आफूले भ्रमण गरेका सात वटै गन्तव्यहरुको ट्राभल भ्लग बनाएर आफ्नो युट्युब च्यानलमा पनि राख्दै जानेछन् । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी –

Logo