१० करोड क्लबमा ‘माया लुकीलुकी’ : के भन्छिन् गायिका टीका प्रसाईं ? (भिडियोसहित)

१० करोड क्लबमा ‘माया लुकीलुकी’ : के भन्छिन् गायिका टीका प्रसाईं ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पछिल्लो समय युवाहरु माझ एउटा गीत निकै लोकप्रिय भयो । माया लुकी लुकी…। जसको गायिका हुन्, टीका प्रसाईं । २०१८ को जुनमा सार्वजनिक भएको यो गीत युवाहरु माझ निकै रुचाइएको गीतमा परेको छ । हालै मात्र यस गीतले युट्युवमा १० करोड पटक हेरिएको रेकर्ड राखेको छ । यो समाचार तयार पार्दा सम्म १० करोड ५ लाख ५२ हजार २८३ पटक हेरिएको छ ।

हरेक जसो गीतहरुले स्रोताको मन जित्न सफल संजिव पराजुली र टीका प्रसाईंको अर्को गीत नाई मलाई थाहा छैन..ले पनि निकै चर्चा पायो ।

यसपटक चर्चित गायिका टीका प्रसाईंसँग केन्द्रबिन्दु टेलिभिजनले रमाइलो कुराकानी गरेको छ । कुराकानीका क्रममा उनले गीतसंगीतसँग जोडिएका कुराहरुका साथै १० करोड भ्युज पाएको माया लुकी लुकीका बारेमा पनि रमाइला अनुभवहरु शेयर गरेकी छिन् । हेरौं यो भिडियोमा :

Logo