कलाक्षेत्रमा पोशाक दुरुपयोग सम्बन्धमा नेपाल प्रहरीको ध्यानाकर्षण

कलाक्षेत्रमा पोशाक दुरुपयोग सम्बन्धमा नेपाल प्रहरीको ध्यानाकर्षण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल प्रहरीले स्वीकृतीबिना प्रहरीको पोशाक प्रयोग गर्न नपाइने स्पष्ट पारेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै चलचित्र, टेलिचित्र, सर्ट सिनेमा, टिकटक, स्टेज कार्यक्रम, सांगीतिक भिडिओमा प्रहरीको पोशाकको दुरूपयोग भएको भन्दै प्रहरी प्रधान कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ ।

त्यसरी प्रयोग गर्न परेमा नक्सालस्थित कार्यालयको जनसम्पर्क तथा प्रचार प्रसार ईकाईंमा पोशाक प्रयोग गर्नुको कारण खुलाई स्वीकृति लिनुपर्ने प्रावधान रहेको कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालय जनसम्पर्क तथा प्रचार प्रसार ईकाईको स्वीकृति नलिई कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोशाक र पोशाकमा प्रयोग हुने दर्ज्यानी चिन्ह, प्रहरीको मोनोग्राम प्रयोग नगर्न, नगराउन समेत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

यस किसिमका कुनै पनि कार्य भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कानुनी कारबाही हुने व्यहोरा हुने समेत प्रहरीले स्पष्ट पारेको छ । यदि, उल्लेखित प्रावधानलाई वेवास्ता गरि, अनुमति बिना प्रयोग गरेमा कानुन बमोजिम कारबाही गरिने कार्यालयले जनाएको छ ।

Logo