काठमाडौं ।
चर्चित गायक हेमन्त शर्माको नयाँ गीत ‘तिमी बाहेक मेरो कोही छैन’ सार्वजनिक भएको छ ।
गीतमा हेमन्त शर्मा र एलिना चौहानको स्वर रहेको छ । गीतको शब्द तथा संगीत गायक स्वयंको छ । गीत एरेन्ज कृष्ण बिकेले गरेका छन् ।
गीतको भिडियो पल शाहले सम्पादन गरेका हुन् । नितिन चन्दको निर्देशन रहेको गीतमा कोरियोग्राफी देवेन्द्र पाण्डेको छ भने क्यामेराको काम रुपेश थापाले गरेका छन् ।
गीतको भिडियोमा पल शाह र रियासा दाहालको अभिनय देख्न सकिन्छ । भिडियो निर्माण प्रकाश राज र खिमा थापाले गरेका हुन् । गीत हेमन्त शर्माको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । भिडियो :





























प्रतिक्रिया