‘आयो दशैं’ लिएर आए गायक सुमित खड्का (भिडियो)

‘आयो दशैं’ लिएर आए गायक सुमित खड्का (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

यतिबेला नेपालीहरुको महान् पर्व बडादशैंं लक्षित गीतहरु धमाधम सार्वजनिक भइरहेका छन् । यसैक्रममा पछिल्लो पटक गायक सुमित खड्काको दशैं गीत ‘आयो दशैं’ सार्वजनिक भएको छ ।

राष्ट्रिय गायकको छवि बनाएका गायक खड्काको संगीत र स्वर तथा नवराज सुब्बाको शब्द रहेको दशैं गीत सार्वजनिक भएको हो । गीतको मिक्सिङ तथा रेकर्डिङ पनि नवराज सुब्बाले नै गरेका छन् ।

शेषु इन्टरटेन्मेन्टको युट्युव च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो । यसको भिडियोमा आयुष घले मगर ,नुरज ठकुरी (प्रवेश) राम ग्याबा लामा ,रोनित त्यवाना (रक्की) सिद्धार्थ रिमाल ,सपना घले मगर लगायतले अभिनय गरेका छन् ।

गीतमा मेकअपमा रिना लिम्बु, ड्रोनमा रोनिस र क्यामेरामा सन्देश शर्माले साथ दिएका छन् । भिडियोमा सम्पादन तथा निर्देशन आयुष घले मगरको छ । भिडियो :

Logo