काठमाडौं ।
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको फरक शैलीको गीत ‘मायामा हामी’ सार्वजनिक भएको छ । डा. उपाध्यायको अक्षर अक्षरको गीत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा एउटा अक्षरमा पुरुषको स्वर र अर्को अक्षरमा नारीको स्वर रहेको छ ।
सार्वजनिक गीतमा सन्तोष श्रेष्ठको सङ्गीत रहेको छ भने वविन ढुंगाना र रिता केसीले स्वर दिएका छन् । यो फरक शैलीको गीतले केही समय अघि विश्व रेकर्ड राख्न सफल भएको थियो । यो गीत उपाध्यायको केही समय अघि सार्वजनिक एल्वम ‘चाहानाको महल’मा समावेस छ ।
फरक शैलीका गीतमार्फत डा. उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल भएका छन् । त्यही मध्येको यो एउटा गीत हो ‘चाहानाको महल’ ।गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गरेका छन् । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उनका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोड मात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् ।
उनका चाडपर्वका गीतदेखि लिएर छोरी बिदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योग सम्बन्धी गीत, महिला प्रताडना सम्बन्धी गीत, मजदूर किसान भरिया सम्बन्धी गीत लगायत विभिन्न परिवेशका गीत रहेका छन् । सयौं गीतका सर्जक डीआरका दश उपन्यास पनि पाठकमाझ आएका छन् ।































प्रतिक्रिया