काठमाडौं ।
हाँस्य कलाकार देवीराम पराजुली ‘भोक लाग्यो’ लाई कोरोना संक्रमण भएको छ । उनले आफूलाई कोरोना संक्रमण भएको फेसबुकमार्फत जानकारी दिएका छन् ।
आज एक स्टाटस पोष्ट गर्दै उनले आफूलाई कोरोना लागेको र विस्तारै निको हुन लागेको उल्लेख गरेका छन् ।
हाँस्य श्रृंखला जिरे खुर्सानीमा भोकलाग्यो पात्रका रुपमा परिचित पराजुलीलाई उनका शुभचिन्तकहरुले स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।
सामाजिक सञ्जालमा उनले कोरोनाले माया गर्दा र कोरोनाबाट बिछोड हुँदाको अवस्थाको भन्दै तस्वीर शेयर गरेका छन् ।






























प्रतिक्रिया