साईंलीले धोका दिईन् कि उनको बाध्यता हो ? (भिडियो)

साईंलीले धोका दिईन् कि उनको बाध्यता हो ? (भिडियो)


काठमाडौं ।

साईंली यानेकी आयुष्माले धोका दिएपछि सरोज अप्ठेरोमा परेका छन् । बालककालसँगै हुर्केका उनीहरुको स्कुल, कलेज पढ्ने समयमा मायाको मुना पलाउँछ तर सफल हुन पाउँदैन साईंलीले अन्तै विवाह गर्छिन् । सरोजसँगको माया हुँदा हुँदै पनि अर्कोसँग विवाह गर्नु यो कस्तो विडम्बना । मेलामा साईंली आएकी छ तर सरोजको जाने मुड नहुँदा नहुँदै साथी भक्तेको करकापमा मेलामा पुग्छ र दोहोरी सुरु हुन्छ । दोहोरी सकिन लाग्दै गर्दा विचरा सरोजले मायाले लगाईदेको औंठी साईंलीले फिर्ता गरेपछि सरोजले मन दुखाउँछन् ।

माथिको कथा भर्खरै किरण गौतमले नयाँ निकालेका लोक दोहोरी गीत साईंलीको हो । आजभोलि मन रुवाउने कथामा खप्पिस भएका छन् निर्देशक प्रभावन जे । उनका निर्देशनमा बनेका प्राय जसो भिडियोहरु हेर्दा दर्शकलाई एक पटक रुवाई हाल्छन् । यस्तै गरेका छन् साईंलीमा पनि ।

डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको गीतको शब्द तथा संगीत स्वयं किरण गौतम, स्वर किरण गौतम र स्मृति गौतमको रहेको छ भने पार्श्व स्वरमा कुमार सानु पुन, सावित्री नेपाली र विशाषा गिरिले साथ दिएका छन् । शंकरा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ, मास्टरिङ कुमार सानू पुनको रहेको छ ।

गीतको भिडियोमा सरोज दाहाल, आयुष्मा कार्की, पुजन धिताल, सनम सुवाल, भक्त दाहाल, अजय खत्री, कुशल महत, रेनुका हुमागाईं र सुष्मा सुन्दासको अभिनय रहेको छ ।

भिडियोको निर्देशन प्रभावन जे, छायांकन ज्ञानेन्द्र शर्मा हुंमागाई, सहायक निर्देशन नवीन भट्ट, कास्टिङ डिरेक्टर राजाराम गौतम, उत्पादन नियन्त्रक श्याम धिताल, व्यवस्थापक विवेक चौलागाई, सम्पादन, कलर डिनसन शाह र श्रृंगार अनिता ग्वाछाको रहेको छ । भिडियो :

Logo