सज्जा चौलागाईं बनिन् नेपाल आइडल सिजन ३ को विजेता

सज्जा चौलागाईं बनिन् नेपाल आइडल सिजन ३ को विजेता

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं-

‘रियालिटी शो’ नेपाल आइडल सिजन ३ को विजेता सज्जा चौलागाईं भएकी छन् । शुक्रबार साँझ भएको ग्रान्ड फिनालेमा प्रतिस्पर्धी प्रवीण बेडुवाल र किरण कुमार भुजेललाई पछि पार्दै चौलागाईंले यस सिजनको उपाधी आफ्नो पोल्टामा पारेकी हुन् ।

चौलागाईंले नेपाल आइडल सिजन ३ विजेताको उपाधीसँगै ५० लाख रुपैयाँ पुरस्कार राशी पनि प्राप्त गरेकी छन्। यस सिजनको फस्ट रनरअप प्रविण बेडुवाल बनेका छन् भने किरण कुमार भुजेल सेकेन्ड रनरअप बनेकछन् । उनीहरुले क्रमशः १० लाख र ५ लाख रुपैयाँ प्राप्त गरेका छन्।

कोरोना संक्रमण जोखिमका कारण यो सिजनको फिनाले सामाजिक दूरी कायम गर्दै स्टुडियोमै सकिएको छ । सीमित व्यक्तिहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा निर्णाकका रुपमा न्ह्यु बज्राचार्य, काली प्रशाद वाँस्कोटा र इन्दिरा जोशी रहेका थिए ।

चैत पहिलो साताबाट स्थगित भएको कार्यक्रम केही साता अगाडि पुनः सुरु भएको थियो। यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक थिए।

नेपाल आइडलको यस अघिका दुई सिजन मध्ये पहिलो सिजनको विजेता बुद्ध लामा भएका थिए भने दोस्रो सिजनको विजेता रवि ओड बनेका थिए ।

Skip This
Skip This
Logo