सुन्दर भविष्यको ग्यारेन्टी दिने कलेज, आयाम (भिडियोसहित)

सुन्दर भविष्यको ग्यारेन्टी दिने कलेज, आयाम (भिडियोसहित)


ललितपुरको कुमारीपाटीमा रहेको आयाम इन्टरनेशनल कलेज सन् २०१२ मा स्थापना भएको हो। यस कलेजमा ब्याचलर्स तर्फ बिबिए र बिएचएममा अध्यापनको लामो अनुभव संगालेका प्राध्यापकबाट पढाई हुँदै आएको छ। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आयामले होटल म्यानेजमेन्टलाईसमेत प्राथमिकतामा राखेर विद्यार्थीलाई दक्ष बनाउन प्रयोगात्मक कक्षाको विकास गर्दै आएको छ ।   
                            
भौतिक पूर्वाधारमा सुविधासम्पन्न यस कलेजमा हस्पिट्यालिटी क्षेत्रमा लामो अनुभव संगालेका अनुभवी अध्यापकबाट अध्यापन गराईंदै आएको छ। होटल इन्डष्ट्रीमा आवश्यक पर्ने प्रोफेशनल जनशक्ति तयार गर्न आयाम इन्टरनेशनल कलेज प्रतिबद्ध छ। कलेजको अध्यापनशैली र वातावरणप्रति समेत यहाँका विद्यार्थी सन्तुष्ट छन् ।  

होटल म्यानेजमेन्ट अध्ययनका क्रममा आयामका विद्यार्थीले वान टु वान शिक्षण सिकाईको अनुभवसमेत गर्न पाउँछन् । विभिन्न संघसंस्था, ५ तारे होटलसँग सहकार्य गर्दै अगाडि बढेको आयाम कलेजले होटल म्यानेजमेन्टमा आफूलाई उपयुक्त गन्तव्यका रुपमा सावित गरिसकेको छ। 

होटल इन्डष्ट्रीमा आवश्यक पर्ने प्रोफेशनल जनशक्ति तयार गर्न आयाम इन्टरनेशनल कलेज प्रतिबद्ध छ। कलेजको अध्यापनशैली र वातावरणप्रति समेत यहाँका विद्यार्थी सन्तुष्ट छन्।  

आयाम इन्टरनेशनल कलेजमा होटल म्यानेजमेन्ट बाहेक बिबिए प्रोगामलाईसमेत केन्द्रबिन्दुमा राखेर अध्यापन भइरहेको छ । फाइन्यान्सियल एनालिष्टि, अप्रेसन म्यानेजर, एच.आर म्यानेजर, अकाउन्टिंग अफिसर लगायत क्षेत्रमा करियर बनाउन खोजिरहेका विद्यार्थीका लागि आयाम इन्टरनेशनले देखाएको बाटो उपयुक्त हुन सक्छ। आयामले विद्यार्थीलाई दुबई, जर्मनी, बैंकक, चीन, मलेसियामा इन्टर्नसिपका लागि पठाउने गरेको छ। 

होटल म्यानेजमेन्टका विद्यार्थीले धेरै ठाउँमा जागिरको अवसरसमेत पाएका छन् । कलेजले कमजोर विद्यार्थीलाई पनि अतिरिक्ति कक्षा सञ्चालन गरी अध्यापन गराउँदै आएको छ । विद्यार्थीका लागि सैद्धान्तिक ज्ञान सँगसँगै प्रयोगात्मक अभ्यासका लागिसमेत शिक्षकले सहयोग गर्ने गरेका छन्। 

कलेजहरुको भिडमा आयाम, बिबिए र बिएचएम तर्फ दक्ष जनशक्ति उत्पादन गर्न सफल रहेको छ। अडियो भिजुअल सुविधा, कम्प्युटर ल्याबसहितको अन्तर्क्रियात्मक कक्षा कोठाहरु यस कलेजमा उपलब्ध छन्। विद्यार्थीलाई कलेजले शैक्षिक पाठ्यक्रम आफैं उपलब्ध गराउँछ ता कि विश्वव्यापी बजारको आवश्यकता पूरा गर्न विद्यार्थीले आफ्नो भविष्य र समग्र विकासमा ध्यान केन्द्रित गर्न मद्दत पुगोस् । 

कलेजका विशेषताहरु :
-शान्त तथा मनोरम वातावरणमा भौतिक पूर्वाधारले सुविधासम्पन्न कलेज। 
-शैक्षिक पाठ्यक्रम आफैं उपलब्ध गराउने कलेज । 
-विश्वव्यापी बजारको आवश्यकता पूरा गर्न विद्यार्थीको वृद्धि र समग्र विकासमा ध्यान केन्द्रित गर्ने कलेज । 
-अडियो भिजुअल सुविधासहितको कक्षा कोठा, कम्प्युटर ल्याब भएको कलेज। 
-प्रतिष्ठित कम्पनीमा इन्टर्नशिप प्लेसमेन्ट भएको कलेज । 
-विद्यार्थीको सर्वाङ्गिण विकासका लागि खेलकुद, प्रोजेक्ट वर्क, वर्कसप, सेमिनार लगायत उपलब्ध कलेज । 
-विद्यार्थीका लागि करियर ओरियन्टेड सिकाई तथा रोजगारीको अवसर प्रदान गर्ने कलेज ।  
-विद्यार्थीमैत्री शिक्षणविधि भएको कलेज । 

सुन्दर भविष्यको ग्यारेन्टी दिने कलेज, आयाम || Aayaam International College

सुन्दर भविष्यको ग्यारेन्टी दिने कलेज, आयाम || Aayaam International College
ललितपुरको कुमारीपाटीमा रहेको आयाम इन्टरनेशनल कलेज सन् २०१२ मा स्थापना भएको हो । यस कलेजमा ब्याचलर्स तर्फ B.B.A र B.H.M मा अध्यापनको लामो अनुभव संगालेका प्राध्यापकबाट पढाई हुँदै आएको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आयामले होटल म्यानेजमेन्टलाई समेत प्राथमिकतामा राखेर विद्यार्थीलाई दक्ष बनाउन प्रयोगात्मक कक्षाको विकास गर्दै आएको छ ।
Contact
Phone no: 01-5550778, 5537674, 5552785
Email : info@aayaamcollege.edu.np
location : Kumaripati, Lalitpur
#BestBHMCollege #BestManagementCollege #BBA #BHM #BBAinNepal #BHMinNepal #Aayamcollege

Posted by Kendrabindu – केन्द्रबिन्दु on Sunday, 16 January 2022

Logo