उज्ज्वल भविष्यको ढोका, गेट कलेज (भिडियोसहित)

उज्ज्वल भविष्यको ढोका, गेट कलेज (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

टुरिजम एण्ड हस्पिट्यालिटी कलेजको नाम लिनु पर्दा दिमागमा पहिलो पटक आउने नाम हो, गेट कलेज । काठमाडौंको मण्डिखाटारमा सन् २००७ मा स्थापना भएको ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिट्यालिटी एजुकेशन (गेट) काठमाडौंमा नै रहेर पनि कोलाहलरहित वातावरणमा अवस्थित छ । धुँवाधुलो, ट्राफिक, कोलाहल, मानिसहरुको भिडभन्दा केही पर शान्त र स्वच्छ वातावरणमा गेट कलेजले अध्यापन गराउँदै आएको छ ।  

गेट कलेज टुरिजम र हस्पिट्यालिटी क्षेत्रमा स्वीस डिग्री तथा स्वीस अवधारणामा केन्द्रित शिक्षा दिने एसियामै पहिलो कलेज रहेको छ । हस्पिट्यालिटी क्षेत्रकै उत्कृष्ट शैक्षिक संस्था स्विजरल्याण्डको इएचएलबाट सम्बन्धन प्राप्त यो कलेज हस्पिट्यालिटी क्षेत्रमा अन्तर्राष्ट्रिय अवार्ड पाउने नेपालको पहिलो शैक्षिक संस्था हो । गेट कलेज, स्कलरसिप बाहेक बिदेशबाट अध्ययनका लागि नेपाल आउने पहिलो निजी शैक्षिक संस्था पनि हो । १९ बढी देशका विद्यार्थी अध्ययनरत यो कलेजबाट केही बिदेशी विद्यार्थी ग्रयाजुएटसमेत भएका छन् । यसबाट के पुष्टि हुन्छ भने गेट कलेज बिदेशी विद्यार्थीको पनि रोजाइमा पर्ने कलेज हो । 

सुरुवातबाटै गेट कलेजले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटिइभिटि र अष्ट्रेलियन सरकारबाट मान्यता प्राप्त पाठ्यक्रममा अध्यापन गराउँदै आएको छ । ब्याचलर्समा टुरिजम एण्ड हस्पिट्यालिटीमा त्रिभुवन विश्वविद्यालय र ब्याचलर इन प्रोफेशनल हस्पिट्यालिटी (बीपीएच) मा काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भएकाले पनि गेट कलेज आफ्नो अध्यापनमा विविधता दिन सफल भएको देखिन्छ । 

लामो शैक्षिक अनुभव बटुलेका प्राध्यापकको साथले गेट कलेजका विद्यार्थीको सिकाई क्षमता अभिबृद्धिमा मद्दत मिलेको छ ।

नेपाली बजारमा हरेक वर्ष ३ लाखको हाराहारीमा श्रमशक्ति उत्पादन हुने गरेको छ । नेपालमा मात्र नभएर विश्व बजारमा नै प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनको मूख्य उद्देश्य राखेर गेट कलेजले सिकाईमा पनि विविधता ल्याएको छ । 

लामो शैक्षिक अनुभव बटुलेका प्राध्यापकको साथले गेट कलेजका विद्यार्थीको सिकाई क्षमता अभिबृद्धिमा मद्दत मिलेको छ । अन्तर्राष्ट्रियस्तरमा प्रख्यात टुरिजम एण्ड हस्पिट्यालिटी क्षेत्रका विज्ञबाट समयसमयमा गरिने भ्रमण तथा प्रयोगात्मक अभ्यासको समन्वयले गेट कलेजका विद्यार्थीलाई थप हौसला प्रदान गर्ने गरेको छ । 

त्यसैले त टुरिजम एण्ड हस्पिट्यालिटी क्षेत्रमा करियर खोजिरहेका विद्यार्थीका लागि गेट कलेज, सुखी र उज्जव भविष्यका लागि गेट बन्न सक्नेछ। 

कलेजका विशेषताहरू :
-स्वीस डिग्री तथा स्वीस अवधारणामा केन्द्रित शिक्षा दिने एसियामै पहिलो कलेज । 
-शान्त वातावरणमा अवस्थित भौतिक सुविधाले सम्पन्न ।
-कलेजमा अध्ययनरत छात्रछात्रालाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रुपमा एक्सपोजरको अवसर दिइने । 
-राष्ट्रिय र अन्तर्राष्ट्रिय विद्यार्थीको जमघट हुने भएकाले शैक्षिक प्रणालीको आदानप्रदानसमेत हुने । 
-सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास शिक्षण विधि अनुसार गराइने । 
-विद्यार्थीका लागि सुविधासम्पन्न शैक्षिक प्रणाली, शान्त वातावरणमा अध्यापन गराइने । 
-इन्टर्नसिप गर्ने विद्यार्थीका लागि उचित गेट वे । 

 

 

उज्ज्वल भविष्यको ढोका, 'गेट कलेज' || GATE- Global Academy of Tourism & Hospitality Education.

उज्ज्वल भविष्यको ढोका, 'गेट कलेज' || GATE- Global Academy of Tourism & Hospitality Education.

टुरिजम एण्ड हस्पिट्यालिटीकलेजको नाम लिनु पर्दा दिमागमा पहिलो पटक आउने नाम हो, गेट कलेज। काठमाडौंको मण्डिकाटारमासन् २००७ मा स्थापना भएको ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिट्यालिटी एजुकेशन (गेट) काठमाडौंमा नै रहेर पनि कोलाहलरहित वातावरणमा अवस्थित छ । धुँवाधुलो, ट्राफिक, कोलाहल, मानिसहरुको भिड भन्दा केहीपर पर शान्त र स्वच्छ वातावरणमा गेट कलेजले अध्यापन गराउँदै आएको छ ।
Contact
Phone No:01-4376048, 14650176
Email :info@gate.edu.np
Location: Budanilkanth-9, Mandikhatar
Kathmandu
#GateCollege #BestBHMCollege #BestHospitalityCollege #Bestbachelorcollege #BHM #GateCollege

Posted by Kendrabindu – केन्द्रबिन्दु on Thursday, February 3, 2022

Skip This
Skip This
Logo