बेष्ट २० आइटी कलेज (भिडियोसहित)

बेष्ट २० आइटी कलेज (भिडियोसहित)


तपाईं अहिले मोबाइल, ल्यापटप, कम्युटर, आइप्याड जे को माध्यमबाट यो सामाग्री हेर्दै हुनुहुन्छ, यो सबै प्रविधिमा भएको परिवर्तनको परिणाम हो । सूचना तथा प्रविधिमा विश्वले ठूलो छलाङ मारेको छ । यसको विकाससँगै अन्तर्राष्ट्रिय बजारमा बौद्धिक तथा विज्ञता प्राप्त, जनशक्तिको माग बढेको छ । नेपालसमेत प्रविधिमैत्री बन्दै गएको सन्दर्भमा आईटी अध्ययन गर्नेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । उच्च माध्यमिक तह उत्तीण गरे पश्चात आईटीका विविध क्षेत्र र विषयमा विद्यार्थीको रुची पनि बढ्दो छ । 

आईटी विषय अध्ययन गर्ने विद्यार्थीका लागि करिअर बनाउने क्षेत्रको दायरा फराकिलो छ । आईटी कम्पनी, कर्पोरेट हाउस, लगायत क्षेत्रमा आईटीमा सीप भएको जनशक्तिको खाँचो छ । 

कम्प्युटर एवं सूचना प्रविधिमा आधारित हरेक प्रोग्राममा रोजगारीको सम्भावना प्रचुर छ । विश्वविद्यालयबाट सम्बन्धन लिएर कम्प्युटर टेक्नोलोजी सम्बन्धी विषयका विविध पक्ष अध्यापन हुँदै आएको छ । त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट समेत सम्बन्धन लिएर नेपालका विभिन्न कलेजले अहिले आईटी क्षेत्रका यावत विषयमा अध्ययन गराइरहेका छन् । 

यसपटक हामीले यस्तै अध्ययपन गराइरहेका नेपालका २० कलेजका बारेमा रिपोर्ट तयार गरेका छौं । वर्णानुक्रम अनुसार नाम यसप्रकार छः

  • विद्यार्थीलाई अवसर दिने कलेज, एआईटीएम

एआईटीएम अर्थात् एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड मेनेजमेन्ट । सन् २०१२ मा स्थापना भएको यो कलेज, ललितपुरको खुमलटारमा छ । खुला ठाउँ र भौतिक पूर्वाधारले सम्पन्न एआईटीएम कलेजले अन्तर्राष्ट्रियस्तरको सुविधा विद्यार्थीलाई उपलब्ध गराउँछ । 

विश्वकै उत्कृष्ट बेलायतको बर्मिंगघम सिटी युनिभर्सिटिबाट सम्बन्धन प्राप्त यो कलेजमा आईटी तर्फ बीएससीसिआइटीको अध्यापन हुँदै आएको छ । विद्यार्थीका लागि अभ्यास गर्न एजुकेशन टेक्नोलोजी, डिजिटल पाठ्यक्रम तथा ग्लोबल एक्सपोजरका अवसर यस कलेजले उपलब्ध गराउँदै आएको छ । स्नातकमा भर्ना हुन चाहने विद्यार्थीका लागि यो कलेज आईटी अध्ययनको क्षेत्रमा उपयुक्त शैक्षिक संस्था बन्न सक्नेछ ।   

  • पाठ्यक्रमको ज्ञानसँगै प्रयोगात्मक अभ्यास दिने कलेज क्याब

उडी छुनु चन्द्र एकको मुलमन्त्रलाई अनुशरण गरेको कलेज अफ अप्लाइड बिजनेश अर्थात क्याब कलेज । यो कलेज सन् १९९८ मा स्थापना भएको हो । काठमाडौं चाबहिलको गंगाहिटीमा रहेको यो कलेजले शैक्षिक क्षेत्रमा आफूलाई पृथक सावित गरेको छ । मुनाफा वितरण नगर्ने कलजेको रुपमा गुणस्तरीय शिक्षा दिन क्याब सुरुवातबाटै प्रतिबद्ध छ । अनुभवी अध्यापकद्वारा पढाई हुने यो कलेजमा स्नातक तहको ४ वर्षे कोर्षमा बीएससीसीएसआइटीमा अध्यापन हुँदै आएको छ । पाठ्यक्रमको ज्ञानसँगै प्रयोगात्मक अभ्यास जस्तै प्रोजेक्ट वर्क, फिल्ड वर्क, इन्टर्नसिप लगायतमासमेत कलेजले विद्यार्थीलाई आवश्यकताअनुसार कक्षा सञ्चालन गर्दै आएको छ । 

  • हेराल्ड कलेज, काठमाडौं

गुणस्तरीय शिक्षाको खाँचो अन्त्य गर्ने मुल उद्देश्यले सन् २००० मा काठमाडौंको नक्सालमा स्थापना भएको कलेज हो हेराल्ड कलेज काठमाडौं । आईएनजी ग्रुपमा आबद्ध हेराल्ड कलेज काठमाडौं  ब्याचलर्स डिग्री प्रोगाममा बेलायतको उल्भरह्याम्टन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त छ । विद्यार्थीका लागि सुपथ मुल्य र सहज वातावरणमा अन्तर्राष्ट्रियस्तरको अध्यापन हुने हेराल्ड कलेज काठमाडौंले इम्फरमेशन टेक्नोलोजीतर्फ विश्वबजारलाई सुहाउने गुणस्तरीय तथा व्यवहारिक शिक्षा प्रदान गर्दै आएको छ । 

२२ वर्षे यात्रामा हेराल्ड कलेज काठमाडौंले व्याचलर इन इन्फरमेशन टेक्नोलोजी अन्तर्गत कम्प्युटर साईन्समा अनुभवी प्राध्यापकबाट शिक्षा प्रदान गर्दै आएको छ । ब्याचलर्स इन इन्फरमेशन टेक्नोलोजीमा हेराल्ड कलेज काठमाडौंले आधुनिक कम्प्युटर भाषा, उपकरण, प्रविधि र विधिसँग विद्यार्थीलाई जोड्ने गरेको छ ।  

  • हिमालयन ह्वाईट हाउस इन्टरनेशनल कलेज

शिक्षा क्षेत्रमा हिमालयन ह्वाईट हाउस इन्टरनेशनल कलेज चिरपरिचत नाम रहेको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेज काठमाडौंको मुटु पुतलीसडकमा अवस्थित छ । २१ वर्षअघि स्थापना भएको यो कलेजले म्यानेजमेन्ट र टेक्नोलोजीको क्षेत्रमा गुणस्तरीय शिक्षा दिएर छुट्टै छाप छोड्न सफल भएको छ । कलेजको स्कूल अफ साईन्स एण्ड टेक्नोलोजी तर्फ ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी (बीआईटी), ब्याचलर अफ टेक्नोलाजी इन बायोटेक्नोलोजी (बीटेक इन बायोटेक्नोलोजी) को अध्यापन हुँदै आएको छ । टेक्नोलोजी शिक्षाप्रति विद्यार्थीको लगावलाई ध्यानमा राख्दै यो कलेजले विश्वबजारमा विद्यार्थीलाई मार्केटेबल हुने गरि अध्यापन गराउँदै आएको छ ।

  • अत्याधुनिक प्रविधिसहित अध्यापन गराउने कलेज आईआइएमएस

आइआइएमएस कलेज सन् २०१० मा काठमाडौंको पुतलीसडकमा स्थापना भएको हो । आइआइएमएस एजुकेशन फाउण्डेशन प्रा.लि अन्र्तगत सञ्चालित यो कलेजका सबै डिग्री कार्यक्रमहरू शिक्षा मन्त्रालय, नेपालबाट पूर्णरूपमा मान्यता प्राप्त र त्रिभुवन विश्वविद्यालयबाट समकक्षताका लागि प्रमाणित छन् । साथै, यस कलेज मलेशियाको टेलर विश्वविद्यालयबाट सम्बन्धन प्राप्त छ । आईटीका विविध कोर्शमा यो कलेजमा अध्ययन हुँदै आएको छ । परिवर्तनशील विश्व परिवेशमा अत्याधुनिक प्रविधिसहित अध्यापन गराउने आईआइएमएसमा बीएससी नेटवर्क टेक्नोलोजी एण्ड साइबर सेक्युरिटी, बीएससी कम्प्युटिङ तथा ब्याचलर अफ कम्प्युटर साइन्सजस्ता विषयमा पढाई हुँदै आएको छ ।

  • आईटी शिक्षाको क्षेत्रमा नेपालकै अग्रणी शैक्षिक संस्था ईस्लिङ्टन कलेज

काठमाडौंको कमलपोखरीमा सन् १९९६ मा खुलेको ईस्लिङटन कलेजले स्थापनाको रजत जयन्ती मनाएको छ । २५ वर्षे लामो इतिहास पार गरेको इस्लिङटन कलेज आईटी शिक्षाको क्षेत्रमा नेपालकै अग्रणी शैक्षिक संस्थाको रुपमा स्थापित छ । बेलायतको लन्डन मेट्रोपोलिटन कलेजसँग सिधै सम्झौता गर्ने नेपालको पहिलो कलेज इस्लिङटन अन्तर्राष्ट्रिय डिग्री दिने कलेजको समूहमा फरक पहिचान बोकेको छ । आई.टी तर्फ बीएससी कम्प्युटिङ, ब्याचलर्स इन कम्प्युटर नेटवर्किङ एण्ड आईटी  सेक्युरिटी, ब्याचलर्स इन मल्टिमिडिया टेक्नोलोजी, ब्याचलर्स इन मोबाईल एप्लिकेशन डेभलपमेन्ट, ब्याचलर्स इन कम्प्युटिङ विथ आर्टिफिसियल इन्टिलिजियन्सको अध्यापन हुँदै आएको छ । 

  • विद्यार्थीको रोजाईको कलेज आइएसएमटी  

अन्तर्राष्ट्रियस्तरको अध्यापन गराउने उद्देश्यसहित सन् २०११ मा काठमाडौंको तीनकुने गैरीगाँउमा स्थापना भएको हो, आईएसएमटी अर्थात इन्टरनेशनल स्कुल अफ मेनेजमेन्ट एण्ड टेक्नोजोली । आईएसएमटी कलेज छोटो समयावधिमै गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेजका रुपमा स्थापित शैक्षिक संस्था हो । 

आईएसएमटी कलेजमा रहेको आईटी प्रोग्राममा स्नातक तर्फ  बीएस्सी अनरेवल कम्प्युटर सिस्टम इन्जिनियरिङ युके को प्रतिष्ठित शैक्षिक संस्था पियरसन बिटेक र युनिभर्सिटि अफ सन्डरल्याण्डका कोर्ष अध्यापन गराउँदै आइरहेको छ । युके बेस्ड एजुकेशनमै आधारित भएर अध्यापकद्वारा मार्केट सुहाउँदो अध्यापनमा कलेजले जोड दिएको छ । कम खर्चमै ब्रिटिस डिग्रीसहितको अध्यापन हुने भएकाले पनि कलेज विद्यार्थीको रोजाईमा पर्ने गरेको छ । आधुनिक र बदलिँदो प्रविधिलाई आत्मसाथ गर्दै यो कलेजले आईटीको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरिरहेको छ । त्यसैले पनि आईटीमा भविष्य खोजिरहेका विद्यार्थीका लागि आईएसएमटी उपयुक्त शैक्षिक गन्तव्य बन्नेछ ।  

  • क्यूएए मान्यता पाउने पहिलो कलेज, बर्नहार्ट 

४० औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा २०७६ सालमा शिक्षा मन्त्रालयबाट सम्मानित हुने पहिलो निजी कलेज हो काठमाडौं बर्नहार्ट । अन्तर्राष्ट्रिय साक्षार दिवस सन् २०१९ बाट समेत सम्मानित हुने कलेज हो काठमाडौं बर्नहार्ट । २०६० सालमा काठमाडौंको बाफलमा स्थापना भएको काठमाडौं बर्नहार्टले अध्ययन र अध्यापनको क्षेत्रमा ठूलो छलाङ मारेको छ । त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त यो कलेज विश्वविद्यालय अनुदान आयोगबाट  अन्तर्राष्ट्रियस्तरको क्यूएए मान्यता पाउने पहिलो निजी कलेज पनि हो । बर्नहार्टमा आईटी तर्फ स्नातकमा बीएससीसीएसआइटी तथा बीसीएको पढाई हुँदै आएको छ । आधुनिक प्रविधिको यो युगमा बर्नहार्टमा पढाई हुने यी कोर्षले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा ठूलो टेवा पुर्याएको छ ।  

  • विद्यार्थीलाई केन्द्रित गरेर अध्ययन अध्यापन हुँदै आएको काठमाडौं विजनेश क्याम्पस

काठमाडौं विजनेस कलेज समृद्धि स्कूल अन्र्तगत रहि म्यानेजमेन्ट र इन्फर्ममेशन कम्युनिकेशन (आई.सी.टी)का क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । विद्यार्थीलाई व्यवहारिक ज्ञान दिने शैलीले विद्यार्थीलाई केन्द्रित गरेर अध्ययन अध्यापन हुँदै आएको छ । भौतिक पूर्वाधारले सुविधासम्पन यस कलेज स्वच्छ, सुन्दर स्थान काठमाडौंको वनस्थलीमा रहेको छ । नविनत ज्ञान तथा व्यवहारिक शिक्षा दिने यस कलेजले उत्कृष्ट नतिजा पस्किँदै आएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त रहेर आईटी तर्फ ब्याचलर अफ कम्प्युटर एप्लिकेशन (बीसीए) को ४ बर्षे कोर्ष यस कलेजमा पढाई हुँदै आएको छ । अन्तर्राष्ट्रियस्तरको पढाई हुने यस कलेजमा बीसीए अध्ययनका क्रममा विद्यार्थीलाई कम्प्युटर एप्लिकेशन तथा कम्प्युटर साईन्स क्षेत्रमा अध्यापन गराईन्छ । यस कलेजले विश्वबजारमा प्रतिस्पर्धा गर्ने गरि विद्यार्थीको क्षमतामा अभिवृद्धि गर्दै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ । 

  • काठमाडौं मोडल कलेज, बागबजार, काठमाडौं (केएमसी कलेज)

काठमाडौं मोडल कलेज अर्थात केएमसी, २२ वर्षअघि सन् २००० मा काठमाडौंको बागबजारमा स्थापना भएको केएमसीबाट १५ हजार बढी विद्यार्थी उत्तीर्ण भएका छन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा ब्याचलर्समा आईटी तर्फ ब्याचलर अफ  कम्प्युटर एप्लिकेशन बीसीए सञ्चालन गरिरहेको यो कलेजले आईटी इन्डष्ट्रीलाई लक्षित गरि नक क्रेडिट कोर्ष अन्तर्गत सातामा एक दिन छुट्टै कक्षासमेत सञ्चालन गरिरहेको छ । अध्ययन र अध्यापन पश्चात केएमसी, जान्नेमा भन्दा गर्नेमा, परीक्षा लिने भन्दा सिकाईको मापनमा, डिग्री लिनेभन्दा पनि विषयगत विज्ञता हासिल गर्नेमा बढी विश्वास गर्छ । सेमेस्टर प्रणालीलाई थप प्रभावकारी बनाउँदै लगेको केएमसी व्यवस्थापन संकायमा भर्ना हुन चाहने विद्यार्थीका लागि गुणस्तरीय शैक्षिक संस्था हो । 

  • विश्वबजारमा प्रतिस्पर्धी विद्यार्थी बनाउने कलेज, एनसीसीएस 

नेशनल कलेज अफ कम्प्युटर इन्र्फमेशन तथा म्यानेजमेन्ट शिक्षामा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको कलेज एनसीसीएसले आफ्नो यात्राको दुई दशक पूरा गरिसकेको छ । काठमाडौंको क्षेत्रपाटीमा रहेको एनसीसीएसमा आईटी तर्फ ब्याचलर्समा बीएससीसीएसआइटी र बीसीए अध्यापन हुँदै आएको छ । मुलुककै जेठो त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एनसीसीएस कलेज आईटी अध्ययनका लागि नाम कहलिएको कलेज हो । समयसापेक्ष कोर्षहरु समावेश गर्दै यसले आईटी प्रोग्रामलाई व्यवहारिक मात्र बनाएको छैन, विश्वबजारमा प्रतिस्पर्धी बनाउन विद्यार्थीका लागि उपयोगी पनि बनाउँदै लगेको छ । औद्योगिक तथा व्यापारिक क्षेत्रमा टेक्निकल समस्या उत्पन्न भए समाधान गर्ने गरि सिप तथा क्षमता विकासमा जोड दिने बीएससीसीएसआइटी र बीसीए कोर्ष अध्ययनका लागि उपयुक्त गन्तव्य हो ।  

  • फिनिक्स कलेज अफ म्यानेजमेन्ट 

फिनिक्स कलेज अफ म्यानेजमेन्ट काठमाडौंको मैतिदेवीमा सन् २०११ मा स्थापना भएको हो । फ्नििक्स  कलेज मलेसिया स्थित लिंकन विश्वविद्यालयबाट सम्बन्धन पाउने नेपालको पहिलो कलेज हो । आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार भएको कलेजसहित व्यवस्थापन र आईटी संकायमा विशेष दख्खल राख्ने यो कलेज अनुभवी प्राध्यापकहरुको संलग्नताका कारण पनि शैक्षिक क्षेत्रमा चर्चित छ।  फिनिक्स कलेजले व्यवस्थापन संकायमा मात्र नभएर आईटीमा समेत उत्कृष्ट अध्यापन गराउँदै आएको छ । ब्याचलर अफ इन्फर्ममेशन टेक्नोलोजी बीआइटीमा प्राध्यापकहरुको अथक मिहेनतले यस कलेजलाई आईटीमा छलाङ मार्दै गरेको विश्वबजारमा विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन ठूलो सहयोग पुर्याउने गरेको छ । प्रयोगात्मक अभ्यासका लागि आईटी ल्याब भएको यस कलेजले विद्यार्थीको चाहाना अनुसार स्थलगत प्रयोगका लागिसमेत प्रोत्साहन गर्ने गरेको छ । 

  • व्यवसायिक जनशक्ति उत्पादन गर्ने लक्ष्य बोकेको कलेज, प्रेसिडेन्सियल

अन्तर्राष्ट्रियस्तरको शिक्षण प्रणालीलाई अंगालेको प्रेसिडेन्सियल बिजनेश स्कूलले सैद्धान्तिक ज्ञान मात्र नभएर प्रयोगात्मक अभ्यासमा पनि जोड दिँदै आएको छ । आजको शिक्षा भोलीको भविष्य भने झैं प्रोफेशनल जनशक्ति उत्पादन गर्ने गरि प्रेसिडेन्सियल कलेजले आफ्नो शिक्षण सिकाई विधि अवलम्बन गरेको छ । सन् २०११ मा स्थापना भएको प्रेसिन्डेन्सियल बिजनेश स्कूल काठमाडौं नयाँ बानेश्वर थापागाउँमा छ । अमेरिकाको वेष्टक्लिफ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यो कलेज व्यवस्थापन अध्ययनका लागि चर्चित छ । स्नातकमा आईटी विषय रोज्ने भए प्रेसिडेन्सियल उपयुक्त शैक्षिक गन्त्वय बन्नेछ ।

  • उपयुक्त शैक्षिक वातावरण भएको कलेज, सेन्ट लरेन्स  

काठमाडौंको चावहिलमा रहेको सेन्ट लरेन्स कलेज गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेजका रुपमा अग्रस्थानमा आउँछ । सन् १९९७ मा स्थापना भएको यो कलेज काठमाडौं चाबहिलको पिपलबोटमा अवस्थित छ । 

उच्च माध्यमिक तहदेखि स्नात्तकोतरसम्मको अध्ययन हुने यो कलेजका कोर्ष त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त छन् । कलेजमा आईटीमा स्नातक तर्फ बीएससीसीएसआइटी र बीसीए अध्यापन हुने गरेको छ । आईटीको आधुनिक कोर्षमा अत्याधुनिक प्रविधि र शिक्षण विधि अंगालेको यो कलेजले आफ्ना विद्यार्थीलाई विश्वबजारमा प्रतिस्पर्धी बनाउन उपयुक्त शैक्षिक वातावरणको छनोट गर्दै आएको छ । सेन्ट लरेन्सले ब्याचलर्समा आइटी प्रोग्रामलाई केन्द्रविन्दुमा राखेर अहिले अध्ययन अध्यापन गराउँदै आएको छ ।

  • टेक्सस कलेज अफ म्यानेजमेन्ट एण्ड आइटी

उत्कृष्ट म्यानेजमेन्ट र आईटी अध्ययनको गन्तव्यका रुपमा टेक्सस कलेज अफ म्यानेजमेन्ट एण्ड आइटी, काठमाडौंको सिफलमा रहेको छ । यो कलेज, टेक्सस इन्टरनेशनल एजुकेशन नेटवर्कको भगिनी संस्था हो । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त टेक्सस कलेज मलेसियाको लिंकन युनिभर्सिटी कलेजको कोल्याब्रेसनमा रहेको छ । टेक्सस कलेजमा आईटी तर्फ बीआइटी र बीसीएस विषयको अध्यापन हुँदै आएको छ । आइटीमा यस कलेजले परिवर्तित अन्तर्राष्ट्रिय बजार अनुसारका नयाँ प्रोग्रामहरु अफर गरिरहेको छ । आईटीको क्षेत्रमा अध्ययन गर्न चाहेका र यसैमा करियर खोजिरहेकालाई टेक्सस उपयुक्त शैक्षिक गन्तव्यका रुपमा स्थापित गराएको छ । 

  • द ब्रिटिस कलेज, थापाथली 

बेलायतमा अध्यापन हुने कोर्ष र प्राप्त हुने डिग्रीलाई नेपालमा भित्र्याउँदै सन् २०११ मा काठमाडौंको थापाथलीमा खुलेको कलेज हो, द ब्रिटिश कलेज (टी.बी.सी) । ब्रिटिस कलेजमा अन्तर्राष्ट्रियस्तरका प्रतिष्ठित दुई विश्वविद्यालय बेलयातको द युनिभर्सिटी अफ द वेष्ट अफ ईङल्याण्ड (यू डब्लु ई) र लिड्स बेकेट् युनिभर्सिटी (एल.बी.यू) बाट सम्बन्धन प्राप्त कोर्षमा अध्यापन हुँदै आएको छ । आईटी तर्फ स्नातकमा बीएस्सी कम्प्युटिङ रबीएस्सीसाइबर सेक्यिुरिटी एण्ड फरेन्सिक,जस्ता कोर्स यो कलेजमा सञ्चालनमा छ । आईटीका क्षेत्रमा विश्वबजारलाई सुहाउने नविनतम ज्ञान दिने उद्देश्यले यो कलेजमा पढाइ भइरहेको छ । साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिकमा साईबर अट्याक म्यानेजमेन्ट, अनुसन्धान तथा विभिन्न निकायका डेटा सुरक्षित राख्ने लगायत विषयमा व्यवहारिक ज्ञान दिइन्छ । 

  • योग्य जनशक्ति उत्पादनको दाबी गर्ने कलेज, द टाइम्स इन्टरनेशनल

सन् २००७ मा स्थापना भएको द टाईम्स इन्टरनेशनल कलेज, गुणात्मक शिक्षादिने सफल शिक्षण संस्थाका रुपमा परिचित छ । काठमाडौंको डिल्लीबजारमा अवस्थित द टाइम्स कलेजमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर स्नातकतर्फ आईटी तर्फ ब्याचलर अफ कम्प्युटर एपलिकेशन अध्यापन हुँदै आएको छ । विगतमा स्नातकतर्फ उत्कृष्ट नतिजा निकाल्दै टाईम्सले शिक्षण संस्थाहरुको माझमा राम्रो छाप छोडेको छ । कलेजले बीसीए प्रोग्राममा कम्प्युटर सफ्टवेयर डेभल्पर, बिजनेश तथा इन्डष्ट्रिका कम्प्युटर सम्बन्धित विभिन्नि समस्या समाधान तथा सैद्धान्तिक र प्रयोगात्मक अभ्याससहित अध्यापन गराउँदै आएको छ । 

  • विद्यार्थीको पहिलो रोजाईमा पर्दै आएको कलेज ट्रिनिटी इन्टरनेसनल

काठमाडौंको डिल्लीबजारमा रहेको ट्रिनिटी इन्टरनेसनल कलेज २०६४ सालमा स्थापना भएको हो । यो बीचमा उत्कृष्ट नतिजा ल्याउन सफल ट्रिनिटी स्थापनाकालबाटै विद्यार्थीको पहिलो रोजाईमा पर्दै आएको छ । आईटी तर्फ बीएससीएसआइटी र बीसीए अध्यापन हुँदै आएको छ । यस्ता आईटी प्रोग्राममा यो कलेजले बेग्लै छाप छाडेको छ । नेपालमा आईटी अध्ययन स्थापित गराउने कलेज मध्ये ट्रिनिटीको नाम अग्रस्थानमा आउँछ । त्यही भएर पनि यो कलेजले १५ वर्षदेखि आईटी विषयलाई निरन्तरता दिँदै आएको छ । 

  • ट्रिटन इन्टरनेशनल स्कूल एण्ड कलेज

काठमाडौंको सुविधानगर तीनकुनेमा २०५६ सालमा खुलेको हो ट्रिटन इन्टरनेशनल स्कूल एण्ड कलेज । ६ वर्ष अघिबाट ट्रिटन, ट्रिटन डिभी शिक्षा सञ्जालको भगिनी संस्थाका रुपमा स्थापित भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट ज्ञान हासिल गर्दै लामो अनुभव प्राप्त गरेका अध्यापक, विशेषज्ञ, शिक्षाविद् र पेसाकर्मीहरुको साथ सहयोग रहेको ट्रिटन इन्टरनेशनल कलेज विद्यार्थीहरुको रोजाईमा सधैं अग्रस्थानमा रहने गरेको छ । त्रिभुवन विश्वविद्यालय सम्बन्धन प्राप्त यस कलेजमा स्नातकमा आई.टी तर्फ बीसीए अध्यापन हुँदै आएको छ । व्यवहारिक ज्ञान दिने उद्देश्यले यस कलेजमा आई.टी क्षेत्रमा मार्केट सुहाउँदो अध्ययन अध्यापन गराउँदै आएको छ । 

  • जेभियर इन्टरनेशनल कलेज 

शैक्षिक क्षेत्रमा २१ वर्षे यात्रा तय गरेको कलेज हो, जेभियर इन्टरनेशनल कलेज । नेपालमा अन्तर्राष्ट्रिय शिक्षा दिने एकमात्र उद्देश्यसहित सन् २००१ मा खुलेको कलेज हो जेभियर । प्लस टु काठमाडौंको कालोपुलमा छ भने ब्याचलर्स तर्फको पढाईं केही समयपछि तर्फको पढाई केही समयपछि चावहिलको मैजुवहालमा निर्माणाधिन अत्याधुनिक भवनबाट हुँदैछ । मुलुककै प्रतिष्ठित तथा पुरानो त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेजमा आईटी तर्फ ब्याचलरमा बीसीए प्रोग्राम सञ्चालन भईरहेको छ । यस कलेजबाट ग्राजुएट भएका विद्यार्थीहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित छन् । मार्केटलाई चाहिने एकेडेमिक स्किल मेनपावर विकास गर्न जोड दिएकाले बीसीए प्रोग्राममा भर्ना हुन चाहने विद्यार्थीका लागि जेभिएर उचित शैक्षिक गन्तव्य हुनेछ । 

 

Logo