कोरोना वर्णमाला: कोरोना कहर, नियन्त्रण गर्ने रहर

कोरोना वर्णमाला: कोरोना कहर, नियन्त्रण गर्ने रहर


विश्वभर कोरोनाभाइरस (कोभिड १९) को महामारी छ । मै हुँ भन्ने शक्तिराष्ट्रहरूका प्रमुखहरू समेत एकअर्कासँग साथ र सहयोगका लागि हात फैलाइरहेका छन् ।

शक्तिराष्ट्र चीनको वुहानबाट शुरू भएको कोरोना भाइरस अहिले अर्काे प्रतिस्पर्धी शक्तिराष्ट्र अमेरिका केन्द्रित बनिरहेको छ । चीनमा नियन्त्रण उन्मुख रहेको कोरोना भाइरसले अमेरिकामा मात्रै २० हजार ५७७ जनाको ज्यान गइसकेको छ । त्यहाँ संक्रमितको संख्या ५ लाख ३२ हजार ८७९ पुगेको छ । अर्काे शक्तिराष्ट्रहरु स्पेन, इटाली, इरान, जर्मनी, फ्रान्स, बेलायत, टर्की, बेल्जियमलगायतका मुलुकहरुमा कोरोना भाइरसको महामारी बढ्दो छ ।

भाइरसको संक्रमणबाट यो सामाग्री तयार पार्दासम्म एक लाख ८ हजार ८२८ जनाको ज्यान गइसकेको छ भने १७ लाख ८० हजार ३१५ जना संक्रमित भएका छन् । भाइरसको संक्रमणपछि निको हुनेको संख्या भने ४ लाख ४ हजार ३१ जना पुगेको छ । नेपालमा पनि ९ जनामा कोरोना भाइरस संक्रमण भएको पाइएको छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेको आज २० औं दिन । संक्रमण नियन्त्रणका लागि विश्वस्वास्थ्य संगठनलगायतका संघसंस्थाहरूले विभिन्न जनचेतनामूलक सामग्रीहरू तयार पारेका छन् । तिनलाई सरल, सहज र रमाइलो तरिकाले बुझ्न सघाउ होस् भन्ने हेतुले मैले यो वर्णमाला तयार पारेको छु ।

क 

कसैलाई नछोड्ने, कमजोरलाई कर्‍याककुरूक पार्ने त्यसैले क्वारेन्टाइनमा बसेर कसरत गर्ने ।

ख 

खतरानाक । खानेकुरामा ध्यान दिने ।

ग 

गुम्सिएर नबसी गार्डेनमा काम गर्ने तर गाडीमा नडुल्ने ।

घ 

घरमै बसी घरायसी काम गर्ने, घुरेर नसुती घाम ताम्दै घिनघिन मादल बजाएर नाच्ने ।

ङ 

ङ्यार ङ्यार गरेर अरूलाई वाक्क दिक्क नबनाउने ।

च्याटमा धेरै चुमचुम नगर्ने । चिटिक्क परेर चुइचुइ पनि नगर्ने ।

छ 

छलछाम होईन छमछम नाच्ने । छि छि होइन छेउकुना सफा गर्ने ।

ज्वरो जाँच । जलपान र जोशिलो जीवनशैली ।

झ 

झगडा होइन तगडा । झुम्म होइन फ्रेस । झेल होइन मेल ।

गोरू सिंह ‘ञ’ कहिल्यै नसुध्रिने रहेछ त्यसैले ‘ञ’ बनेर नबस्ने ।

टेष्ट ट्रिट्मेन्ट । ज्यान नटाँसिने मन नटाढिने ।

ठ 

ठुस्केर होइन मुस्कुराएर बसे इम्युनिटी पावर बढ्छ ।

डाङडुङ गर्दैमा कोरोना डराउँदैन ।

ढुक्कले केही पनि हुँदैन भनेर नबस्ने, ढुकढुक भएर पनि नआत्तिने ।

पसल जाँदा ‘ण’ लाई सम्झिने, एउटा गोलो घेरामा एक जना मात्र ।

तनाव होइन तन्दुरुष्ट । ताजा तरकारी र तौलमा ध्यान ।

थर्मल गन वा थर्माेमिटर साथमा ।

दूरी बढाएर बस्ने । दौडिने कसरत कोठाभित्र ।

ध 

धैर्य र ध्यान गर्ने । धेरै नखाने ।

न 

निराश नहुने । नियमित अपडेट हुने ।

पसल र पेशामा जाँदा पन्जामा प्राथमिकता ।

फलफूल सेवन । फोन र फेसबुकमा नझुण्डिने ।

बाहिर बन्देज । बिहान बिहान व्यायम ।

भ 

भ्रमित र भयभित नहुने । भेटघाट गरे भाइरस सर्छ ।

म 

मास्क, मूडफ्रेस र मनोबल उच्च । मानवता र मितव्ययीतामा ध्यान ।

योगा गर्ने, यात्रा नगर्ने ।

र 

रूममै रमाउने ।

लखरलखर हिडे लकडाउन लम्बिन्छ । लसुन अदुवा खाने तर लम्पसार परेर सुतेको सुत्यै नगर्ने ।

व 

वातावरण सरसफाइ ।

शुभ होस् सबैको ।

ष 

षडयन्त्र बन्द ।

ह 

हल्ला र हौवा होइन हौसला बढाउने ।

क्ष 

क्षति भए क्षतिपूर्ति तिर्ने ।

त्र 

त्रसित नहुने ।

ज्ञ 

ज्ञान अभिवृद्धि गर्ने ।

Logo