विवाह गर्नैपर्छ भन्ने के छ र ! (भिडियो आर्टिकल)

विवाह गर्नैपर्छ भन्ने के छ र ! (भिडियो आर्टिकल)


मान्छेहरु निराशाबाट मुक्त हुन चाहन्छन् । तर, त्यही शब्दमा समाधान छ। निराशा भनेको जे आशा गरेको हो, त्यो प्राप्त गर्न नसक्नु हो । दुःख किन हुन्छ भने मान्छेले आशा राख्छ, अनि दुःखी हुन्छ  ।  खासमा मान्छेले अरूबाट आशा राख्छ, त्यो आशाका कारण चाहिँ मान्छे दुःखी हुन्छ । मान्छे दुखी चाहिँ आशा राखेपछि हुन्छ ।

आफु बाहेक तपाईं को हो भन्ने बारे अरु कसैलाई थाहै हुदैन । तपाई राम्रो हुनुहुन्छ भने कसैले नराम्रो भनेर तपाई दुखी हुनै सक्नु हुन्न । तर, तपाइ यदि भित्रबाट नराम्रो हुनुहुन्छ भने अनि कसैले ‘तँ कस्तो बदमास रहेछस्’ भन्यो भने तपाईं झसंग हुनुहुन्छ । किनकी तपाईंलाई थाहा हुन्छ कि ‘म बदमास छु’ भनेर। त्यस कुराले तपाईलाई ठेस लाग्छ अनि तपाई दुखी हुनुहुन्छ ।

यदि म राम्रो छु भने मलाई कसैको कुराले छुँदैन । जस्तो उताबाट कुनै व्यक्ति आउदैछ। यता हामी तीन, चार जना बसीरहेका छौं भने उताबाट आउदै गरेको व्यक्तिलाई यता बसेकोले ‘ओइ रामे के छ तेरो खबर बदमास छस् यार तँ’  भन्यो भने तपाईं यताबाट ग्रुपमा बसेको सबैलाई थाहा हुन्छ। उसको नाम राम हो भनेर तर यो कस्तो बदमास मान्छे जसले रामे भनेर उसलाई गाली गर्दैछ भनेर उसको तस्वीर तयार गर्नु हुन्छ । हरेक कुरा आउनुभन्दा अगाडि नै यहीबाट ‘अभोइड’ गर्ने सक्नु भयो भने कसैको कुराले दुख्दैन र तपाई दुुखी पनि हुनु हुँदैन । ऊ कस्तो परिवारमा हुर्केको छ भने कुरामा पनि भर पर्छ ।

हाम्रो शिक्षा प्रणाली नै गलत छ। हामीले प्राप्त गर्ने शिक्षाले चाहिं उनीहरू ज्ञानी हुनकालागि होइन कि शिक्षकहरूले पढाउदै गरेको विषयले भोलि गएर पैसा कमाउन पर्छ भन्ने सिकाइन्छ । तर होइन, हाम्रो शिक्षा पद्धति त्यसरी तयार भएको थिएन ।

पैसा कमाएर बसेको, गाडि भएको मान्छे मात्रै सफल भन्ने सिकाइन्छ। जाँतोमा माथिबाट मकै हाल्दा तलबाट चामल निस्किने अपेक्षा गरेर हुुन्छ र ? हामीले हालेकै त्यस्तो छौं, स्कुुलबाट हाम्रो शिक्षा नै त्यस्तो छ ।

हरेक व्यक्ति ऊ जन्मदा नै साथमा प्रेम भरिएर आउँछ । उसका अङ्गहरू तयार भएपछि ऊ ‘सेक्सयुल’ रूपमा तयार हुन्छ ।विवाह त एउटा सामाजिक प्रक्रिया मात्र हो। तर हाम्रो समाजमा के सिकाइन्छ भने विवाह चाहिँ अनिवार्य तर प्रेम चाहिँ तैले जो सँग विवाह गर्ने हो ‘सेक्सयुल रिलेशन’ पनि त्यो सँग मात्र गर्नुपर्छ भनेर फ्रेमिङ्ग गरिन्छ तर त्यो पटक्कै हुदैन ।

प्रेम भनेको युनिभर्सल कुरा हो । जोसुकैले जोसुकैलाई एकै समयमा हजारौं जनासँग गर्न सक्छ । शारीरिक सम्बन्ध भनेको ऊ फिजिकल रूपमा तयार भएपछि हुन सक्छ।  विवाह अगाडि पछाडि जुन बेलापनि हुन सक्छ ।

विवाह चाहिँ तपाईले गरेपनि हुने नगरेपनि हुने एक सामाजिक प्रक्रिया मात्र हो । तर हामीलाई के सिकाइन्छ भने विवाह चाहिं पहिला अनि मात्र प्रेम र शारीरिक सम्बन्ध । कस्तो उल्टो पाल्टो छ। अनि यहि मान्छे गुमराहमा परि सक्छ । अब पढ्ने बेलामा पनि उसले यही सोच्छ । हामीले सिकाउनुपर्ने के थियो भने, हामीले दिनुपर्ने प्रेम थियो । प्रेम भनेको ‘फिजिकल रिलेशन’ होइन तर हामीलाई कहिले पनि यो कुराको थाहा दिइएन ।

अहिले केटाकेटीलाई सोध्यो भने उनीहरू भन्छन्, – ‘म त प्रेममा थिएँ, ब्रेकअप भयो । प्रेम कहिल्यै ब्रेक हुँदैन । कहिलेकाँही मान्छेहरू भन्छन्, ‘मेरो प्रेमी त गतिलो छैन्।’ त्यसो हो भने ऊ प्रेममै थिएन, प्रेमी कहिले अगतिलो हुनै सक्दैन । प्रेम भनेको सत्य हो ।

प्रेम तीन खालका हुन्छन् । एउटा प्रेम आत्मिक रूपमा हुन्छ। एउटा फिजिकल रूपमा हुन्छ र एउटा चाहिँ मानसिक रूपमा हुन्छ । शरीरलाई देखेर गरिने प्रेम हुन्छ एउटा, एउटा चाहिँ मानसिक रूपमा सुन्दर देखेर गरिने प्रेम हुन्छ जसमा बानी व्यहोरा र विचार मन परेको हुन्छ अनि एउटा चाहिं मनैदेखि ‘कनेक्ट’ भएर गरिने प्रेम हुन्छ ।

अचेल प्रेम पनि सिट्टी फुकेर हुन्छ।  त्यो प्रेम हैन । प्रेमले त समर्पण खोज्छ । अनि तपाईले त्यो बजारी कुरा देखेर, त्यो फिजिक देखेर गरेको कुरा, एक दिन ऊ फिजिकल रूपमा अशक्त भयो भने ऊ सकिन्छ त्यहाँ । विचार देखेर कोहिसँग जानुभयो पछि विचार मिलेन भने त्यो पनि सकिन्छ ।

आत्मियक रूपमा भएको प्रेम चाहिं दिर्घकालीन हुन्छ तर यस खालको प्रेम एकदम थोरै हुन्छ । ब्रेकअपमा प्रेम हुदैन त्यहाँ अपेक्षा हुन्छ । प्रेम भनेको समर्पण हो । यसमा कुनै प्रकारको स्वार्थ हुदैन । तपाई भित्रबाट उत्पन्न भएको प्रेम मान्छेसँग मात्र सिमित हुदैन। यो जनावर, बोटविरुवासँग पनि हुन्छ,यो एकदम ‘डिप’ हुन्छ ।

कुनै बेला महिलाहरू पनि सामूहिक सम्बन्धमा हुन्थे । यो कुरा वेदमा पनि लेखिएको छ । श्रीमानसँग बसिरहेकी श्रीमती अर्को कुनै पुरुषले ‘ल जाऊँ’ भन्यो भने पनि जान्थे । लोग्नेले रोक्न सक्दैनथ्यो, पाउँदैनथ्यो । अहिलेका महिलाहरू एक्लै बस्न खोज्न थालिसके । पश्चिमी देशका महिलाहरूले यो कुरा सुरु गरिसके पूर्वीय महिलाहरूले पनि यो चलन सुरु गरिसके । किनकी उनीहरू सक्षम भइसके । अहिले शुक्रकिट सापटी लिन सकिन्छ।  आवश्यक परे लिभिङ् टुगेदर बस्न सकिन्छ। यति भएपछि बिहे गर्ने र नगर्ने आफ्नो व्यक्तिगत इच्छा ।

भिडियो आर्टिकल 

Logo