राजा फर्काउन लागेकाे राप्रपालाई बालेनकाे दनक, रविमाथि छानबिन गर्न नहुने पक्षमा प्रचण्ड [भिडियाेसहित]

राजा फर्काउन लागेकाे राप्रपालाई बालेनकाे दनक, रविमाथि छानबिन गर्न नहुने पक्षमा प्रचण्ड [भिडियाेसहित]

केन्द्रबिन्दु
84
Shares

गृहमन्त्री लामिछानेलाई नै केन्द्रमा राखेर संसदीय छानबिन समितिको माग गर्नु राजनीति पूर्वाग्रह मात्रै हाेः प्रधानमन्त्री प्रचण्ड

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई नै केन्द्रमा राखेर संसदीय छानबिन समितिको माग गर्नु राजनीति पूर्वाग्रह मात्रै रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाबी गरेका छन्। ‘अहिले रवि लामिछानेलाई नै केन्द्रमा राखेर समितिको माग गरिएको छ, त्यो मिल्ने कुरो छैन’ एक कार्यक्रममा उनले भने । साथै आफूले सहकारी प्रकरणमा सम्बन्धित निकायका प्रमुख र जिल्लाका अधिकारीसँग सोध्दा रविजीलाई अनुसन्धान गर्ने ठाउँ छैन भनेपछि आफूले संसदमा बोलेको पनि उनले बताए।

गगन थापा झापा हुँदै चुनावी अभियानको माहोल बनाउन इलाम पुगे

कांग्रेस महामन्त्री गगन थापा झापा हुँदै चुनावी अभियानको माहोल बनाउन इलाम पुगेका छन्। आउँदो बैशाख १५ गते हुने उपनिर्वाचनमा कांग्रेसका तर्फबाट चुनावी मैदानमा रहेका डम्बर खड्कालाई भोट माग्न महामन्त्री गगन थापा आफै लागि परेका हुन्।

गगनले बिहीबार इलाम क्षेत्र नम्बर २ अन्तर्गत सिकारी भञ्ज्याङमा आयोजित पार्टीको कोण सभालाई सम्बोधन गर्दै पछिल्लो समय जटिल बन्दै गएको पहिचानको मुद्दालाई पनि कांग्रेसले सही तरिकाले अगाडि बढाउने आश्वासन व्यक्त गरेका छन् ।

फोहोर गरेको भन्दै काठमाडौं महानगरले राप्रपालाई तीन दिनभित्र कार्यालयमा उपस्थित हुन पत्र काट्याे

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार काठमाडौंमा गणतन्त्र विरोधी प्रदर्शन गर्ने क्रममा फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले राप्रपालाई तीन दिनभित्र महानगरको कार्यालयमा उपस्थित हुन पत्र काटेको छ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई सम्वोधन गर्दै पठाएको पत्रमा महानगरले उक्त फोहोर संकलन गरी एक ठाउँमा फ्याक्न पनि आग्रह गरेको छ । साथै महानगरपालिकाले दिएको निर्देशन पालना नगरे स्थानीय शासन ऐन अनुसार कारवाही गर्ने पत्रमा उल्लेख गरिएको छ।

ओलीले गरे ओलाङचुङगोला पुगेर सडक र सीमा क्षेत्रकाे अवलोकन

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङको ओलाङचुङगोला पुगेर सडक र सीमा क्षेत्र अवलोकन गरेका छन्। रक्षामन्त्री हरि उप्रेती र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई लिएर ओलाङचुङगोला पुगेका ओलीले त्यहाँका स्थानीयहरुसँग पनि भेटघाट गरेका छन्।

ओलाङचुङगोलासम्म ट्र्याक बिस्तार भएको छ। अब चीनको सीमासम्म जोड्न २२ किलोमिटरजति बाँकी छ। ट्र्याक र सीमाक्षेत्रका अवलोकनका लागि उनी त्यहाँ पुगेका हुन् ।

जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्यायाे

नयाँ शैक्षिक सत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्याएको छ। यस अघिका बर्षहरुमा समयमा पुस्तक लगायतकाशिक्षा सामग्री सम्बन्धित ठाँउमा नपुग्दा विद्यार्थी साथै अभिभावकहरुले सास्ति खेप्नु परेको थियो ।

तर, शिक्षामन्त्री सुमना श्रेष्ठले पदभार सम्हालेयता शैक्षिकसत्रअगावै बजारमा पुस्तक उपलब्ध गराउनजनक शिक्षा सामग्री केन्द्रको निरीक्षण गरी निरन्तर लागिरहेकी थिइन्। फलस्वरुप नयाँ शैक्षिकसत्र अगावै विद्यार्थीहरुले पाठ्यपुस्तक पाउने भएका छन्।

नयाँ वर्ष २०८१ देखि ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा सञ्चालन हुने

बिहीबार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले पत्रकार सम्मेलन गर्दै नयाँ वर्ष २०८१ देखि ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा सञ्चालन हुने बताएका छन्।

गृहमन्त्री रवि लामिछानेको सक्रियतामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले बनाएको आचारसंहिता बमोजिम कानुनको परिधिभित्र रही दरबारमार्ग र ठमेल २४ सै घण्टा व्यवसाय संचालन गराउन चालेको कदम सकारात्मक भएको परिषद् र बोर्डले बताएको छ। आर्थिक क्रान्ति र ठुला सपनाले भरिएको सहर सुत्न नहुने उनीहरुको तर्क छ।

बिहीबार देशभरका इस्लाम धर्मावलम्बीले इद–उल फित्र (इद) मनाइयाे

बिहीबार देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाएका छन् । इदको अवसरमा काठमाडौँको कश्मिरी मस्जिदमा सामूहिक नमाज पढिएको छ । इद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठुलो पर्वमध्ये एक हो । मुस्लिम आयोगका अनुसार बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको हो । राष्ट्रिय जनगणना–२०७८ अनुसार देशमा मुस्लिम समुदाय कूल जनसङ्ख्याको ५ दशमलव ९ प्रतिशत छ । आज सरकारले सार्वजनिक बिदा दिएको थियो ।

चालु आर्थिक वर्षसम्म बैंक तथा वित्तीय संस्थाले ४६ अर्ब ३८ करोडमात्र नाफा कमाए

चालु आर्थिक वर्ष (आव) २०८०-८१ आठ महिना (साउन–फागुन) सम्म बैंक तथा वित्तीय संस्थाले ४६ अर्ब ३८ करोडमात्र नाफा कमाएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अर्थतन्त्रमा देखिएको शिथिलताबाट बैंकहरूले सम्भावित कर्जा नोक्सानीका लागि गरेको ‘प्रोभिजनिङ’ बढेसँगै नाफा प्रभावित भएको हो । गत आव सोही अवधिमा ५३ अर्ब ६० करोड कमाएका बैंक तथा वित्तीय संस्थाको नाफा चालु आव १५.५७ प्रतिशतले घटेको हो।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रकाशकुमार सुवेदीलाई सिफारिस

परराष्ट्र मन्त्रालयद्वारा गठित सिफारिस समितिले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रकाशकुमार सुवेदीलाई सिफारिस गरेको छ ।

प्रतिष्ठानको कार्यकारी निर्देशकको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले पदपूर्तिका लागि पहिलो पटक १७ पुस र दोस्रो पटक २१ माघमा गरी दुई पटक आवेदन खुला गरेको थियो।

टिकटकको मालिक बाइटडान्सको मुनाफा ६० प्रतिशतले बढ्याे

टिकटकको मालिक बाइटडान्सको मुनाफा सन् २०२३ मा ६० प्रतिशतले बढेको छ। बाइटडान्सले अनलाइन प्रतिद्वन्द्वीहरू टेनसेन्ट र अलिबाबालाई पछाडि पारेको हो। बाइटडान्सलाई अधिकांश मुलुकमा भिडियो एप टिकटकको निर्माताका रूपमा चिनिन्छ। हालैका वर्षहरूमा कम्पनी विश्वको सबैभन्दा मूल्यवान् प्राविधिक कम्पनीमध्ये एक बन्न सफल भएको छ। यसको मूल्य करिब दुई खर्ब २५ अर्ब डलर भएको छ।

शुक्रबारदेखि एसिसि प्रिमियर कप हुँदै

एसियन क्रिकेट काउन्सिल एसिसिको आयोजनामा शुक्रबारदेखि एसिसि प्रिमियर कप हुँदैछ। ओमानमा हुन लागेको प्रतियोगितामा १० देश सहभागी हुनेछन्।

समूह ’ए’ मा नेपालसहित हङकङ, मलेसिया, कतार र साउदी अरब रहेका छन् भने समूह ’बि’ मा आयोजक ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया रहेका छन्। प्रतियोगिताको पहिलो दिन शुक्रबार चार खेल हुनेछन् जसमा नेपाल र मलेसियाबीच पनि भोलि नै खेल हुनेछ। सबै खेल ओमानको टर्फ मैदान हुनेछन्।

Logo