कस्तो बन्दै छ घण्टाघर ?

कस्तो बन्दै छ घण्टाघर ?

केन्द्रबिन्दु
54
Shares

काठमाडौँ । हातमा घडी नभएका जनताले समय थाहा पाउने घण्टाघरको नामसँगै रानीपोखरी र धरहराको नाम सम्झनामा आउने घण्टाघर अहिले पुनः बन्दै गइरहेको छ ।

घण्टाघर यस्तो सम्पदा हो, जसको महत्त्व र गाथा अहिलेका पुस्ताले भुलिसकेका छन् । कुनै समय यही घण्टाघरले राजधानीवासीलाई समयको जानकारी दिने मात्रै होइन, दैनिकी पनि निर्धारण गर्ने गरेको थियो ।

कुनैबेला समय चिनाउने यो धरोहर अहिले आफैँ समय चिनाउनको लागि पुन निर्माण हुँदै छ । भूकम्पले क्षति गरेको घण्टाघरको पुनर्निर्माणका लागि पुरातत्त्व विभागको सहमतिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विस्तृत परियोजना तयार पारी काम गरिरहेको हो ।

Logo