आज योमरी पूर्णिमा (थिंला पुन्हि) हो । यो पर्व विशेषतः नेवार समुदायमा प्रख्यात छ । वर्षभरिको १२ पूर्णिमामध्ये मङ्सिर महिना अर्थात् मार्गशुक्ल पूर्णिमालाई योमरी पुन्हि अर्थात् धान्य पूर्णिमा भन्ने गरिन्छ ।
हजारौँ वर्ष पहिला ‘पाञ्चाल देश’ भन्ने एउटा ठाउँ थियो, जसलाई अहिले काभ्रेपलाञ्चोकको पनौती भनिन्छ । लिच्छविकालीन ग्रन्थअनुसार ‘महासत्व’ नाम गरेका एकजना राजकुमारले जङ्गलमा भोकाएका बघिनी र केही डमरू देखेपछि आफ्नै शरीरको मासु खुवाएका थिए । राजकुमार महासत्वका कङ्काल र लुगा पुरेर उक्त स्थानमा एउटा चैत्य निर्माण गरिएको विश्वास रहँदै आएको छ ।




































प्रतिक्रिया