काठमाडौँ । सरकारले एकै पटक नेपाल प्रहरीका ७५ जना प्रहरीका अधिकृत तहका प्रहरी निरीक्षकहरू (इन्स्पेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस गरेको छ । बढुवा भएका प्रहरी अधिकृतहरुको ग्रेडबृद्धि अंक सहित सूची सार्वजनिक गरिएको छ ।
शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार उनीहरूलाई सोही समूहतर्फको प्रहरी नायव उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्यसचिवसमेत रहेका प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंहले जानकारी दिए ।
बढुवा सूचीको पहिलो नम्बरमा सुरेन्द्र प्रसाद जोशीको नाम छ । त्यसैगरी दोस्रोमा मिलन बस्नेत र तेस्रोमा राजकुमार सिंह र त्यसपछि राजन रायमाझीको नाम समावेश छ ।


































प्रतिक्रिया