काठमाडौं ।
अभिनेत्री रेखा थापाले कोरोना भाइरसले निम्त्याएको असहज परिस्थितिमा मनोरञ्जन क्षेत्र प्राथमिकतामा नपर्ने बताएकी छिन् । केन्द्रविन्दुसँगको विशेष कुराकानीमा थापाले आजको अवस्था भनेको चलचित्र क्षेत्रलाई माया गर्ने वर्ग लक्षितहरूका लागि राहत तथा सहयोगमा जुट्नु पर्ने बताएकी छिन् । उनीहरूलाई बचाए मात्र चलचित्र उद्योग बाँचिरहने उनको भनाइ छ ।
पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा एकाध फिल्ममा बाहेक अन्यमा दर्शकको चाप घटेकोमा पनि अभिनेत्री थापाले दुःख व्यक्त गरेकी छिन् । उनले आफ्ना थुप्रै फिल्मका लागि दर्शकहरूको भिड थेग्न नसकेको अवस्था सम्झदै, आजको अवस्था भने त्यस्तो नभएको स्वीकार गरिन् ।
पछिल्लो समय आफूले समाज र महिलाका लागि फिल्म तयार गरिरहेको र त्यसको कुनै न कुनै कोणबाट मूल्याकंन हुने रेखाको भनाइ छ । आफूले विशेष गरेर समाज परिवर्तन र महिला अधिकारका मुद्दालाई अघि सारेको र यो प्रक्रिया निरन्तर रहिरहने रेखाको दाबी छ ।
‘व्यापार एक ठाउँमा होला तर समाज परिवर्तनका मुद्दा नै मेरो प्राथमिकतामा रहने छन्,’ रेखाले भनिन्, ‘यसका लागि म एक्लै काफी नभए पनि यो समाजका लागि कुनै न कुनै दिन मूल्याकंन योग्य विषय हुनेछ ।’
नेपाली चलचित्र क्षेत्रप्रति सधैं सकारात्मक र क्रियाशील रहने बताउँदै रेखाले यस क्षेत्रप्रति आफ्नो जिम्मेवारी सधैं रहिरहने र आफ्नो तर्फबाट केही न केही गरिरहने बताएकी छिन् ।
यी र यस्तै विषयमा रहेर केन्द्रविन्दुका लागि अभिनेत्री रेखा थापासँग मनोज न्यौपानेले गर्नु भएको यो विशेष कुराकानी (भिडियो) :





























प्रतिक्रिया