बोर्डले संशोधन गर्‍यो नियम, अब ४ दिन पहिले सेन्सर सिफारिस लिए हुने

बोर्डले संशोधन गर्‍यो नियम, अब ४ दिन पहिले सेन्सर सिफारिस लिए हुने

केन्द्रबिन्दु
0
Shares

चलचित्र विकास बोर्डले स्वदेशी तथा विदेशी चलचित्र जाँच (सेन्सर) का लागि सिफारिस लिनका लागि चलचित्रको सार्वजनिक प्रदर्शन हुने मितिभन्दा कम्तिमा सात दिनअगावै दरखास्त पेस गर्नुपर्ने नियमलाई परिमार्जन गरेकाे छ । 

जस अनुसार अब चार दिनअगावै दरखास्त पेस गर्नुपर्ने गरी निर्णय गरेको छ । साेमबार बसेकाे चलचित्र विकास बोर्डको बैठकले नियमलाई संशोधन गरेको हो । बैठकले राति ११ बजेपछि चलचित्र प्रदर्शन सुरु गरी प्रदर्शन गर्नुपर्दा आवश्यक शान्ति सुरक्षाको व्यवस्था सुनिश्चित हुने गरी प्रदर्शकले चलचित्र प्रदर्शन गर्नुपर्ने र त्यसरी उक्त समयमा चलचित्र प्रदर्शन गर्नुपरेमा प्रदर्शन गर्नुअगावै बोर्डलाई जानकारी गराउनु पर्ने निर्णय भएको छ ।

यसअघि बेलुका ११ बजेसम्म सकिने गरी चलचित्र प्रदर्शन गर्नुपर्ने र त्यसपछि प्रदर्शन गर्नुपरेमा सम्बन्धित् जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिई चलचित्र विकास बोर्डलाई समेत जानकारी गराउनुपर्ने प्रावधान थियो । नेपाल चलचित्र क्षेत्रका समस्याहरुको समाधानका र यस क्षेत्रको हितको लागि विभिन्न संघ-संस्थाहरुसँग वार्ता, छलफल तथा अन्तरक्रियाको लागि चलचित्र विकास बोर्ड सदैव तत्पर रहेको अध्यक्ष भुवन केसीले बताए ।

 

Logo