कलाकार ‘जिग्री’ ले आफ्नो जन्मदिन मनाउने खर्च दुबईमा अलपत्र नेपाली महिलाको उद्धारमा सहयोग गर्ने

कलाकार ‘जिग्री’ ले आफ्नो जन्मदिन मनाउने खर्च दुबईमा अलपत्र नेपाली महिलाको उद्धारमा सहयोग गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कलाकार कुमार कट्टेल ‘जिग्री’को आज जन्मदिन परेको छ । जिग्रीले जन्मदिनका अवसरमा दुबईमा अलपत्र परेकी एक नेपाली महिलालाई फर्काउन हवाई भाडा सहयोगको घोषणा गरेका छन् ।

झापा घर भएकी ती महिला दलालमार्फत भारतको बाटो हुँदै दुबइ पुगेर अलपत्र परेको र पीडामा रहेको जानकारी पाएपछि कट्टेलले जन्मदिनको अवसरमा उनलाई उद्धारमा सहयोग गर्ने घोषणा गरेका हुन् ।

उनले आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै ‘मैले मेरो जन्मदिन खुशियाली साथ मनाउनुको सट्टा उक्त दुःखमा रहनु भएकी नेपाली चेलिलाई दुबईबाट नेपाल फर्कने प्लेन टिकटको खर्च ब्यहोर्ने निर्णय गरेको छु, ’भनेका छन् ।

भद्रगोल हाँस्य टेलिश्रृंखलाबाट जिग्री नामबाट चर्चामा आएका कट्टेल पछिल्लो समय सक्कीगोनिमा जिग्रीकै भूमिकामा अभिनय गरिरहेका छन । उनी जिग्रीको रुपमा दर्शकहरु माझ लोकप्रिय रहेका छन् ।

Skip This
Skip This
Logo