चलचित्र पत्रकार संघ नेपालद्वारा केन्द्रबिन्दुकर्मीसहित चार पत्रकार पुरस्कृत

चलचित्र पत्रकार संघ नेपालद्वारा केन्द्रबिन्दुकर्मीसहित चार पत्रकार पुरस्कृत

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

चलचित्र पत्रकार संघ नेपालले चार जना पत्रकारलाई पुरस्कृत गरेको छ । चलचित्र पत्रकार संघ नेपालले आव्हान गरेको कोरोना भाइरसले नेपाली चलचित्र क्षेत्रमा पारेको प्रभाव, उत्पन्न समस्या र त्यसको समाधानसहितको सोध, खोज र वस्तुगत तथ्याङ्कमा आधारित प्रतिवेदन, लेख रचना तथा धारणा सम्बन्धी आयोजित प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गरेको हो ।

आह्वान गरिए अनुसार संघमा उपलब्ध भएका मध्ये छनोट समितिले मापदण्डसहित मूल्याङ्कनको आधारमा ४ वटा लेखलाई उत्कृष्ट ठहर गर्दै प्रतियोगिताका विजेताहरुलाई शनिबार संघको आफ्नो कार्यालयमा पुरस्कृत गरिएको हो ।

पुरस्कृत गरिएकाहरूमा पत्रकारहरू प्रथम, द्वितिय, तृतिय र चौथो क्रमशः पत्रकार ध्रुव लम्साल, विष्णु शर्मा,  केन्द्रबिन्दुकर्मी मनोज न्यौपाने र रीना मोक्तानलाई प्रमाणपत्रसहित १५ हजार, १० हजार र तृतिय र चौथो हुनेलाई समान ५/५ हजारका दरले प्रदान गरिएको हो । लेखरचनामा सहभागी, विजेता तथा छनौट समितिलाई बधाई र धन्यवाद व्यक्त गर्दै संघका अध्यक्ष दिनेश सिटौलाले आगामी दिनमा सदस्यहरुका लागि भिडियो र फोटो पत्रकारितालाई प्रभावकारी हुनेगरि केही कार्यक्रमहरुको समेत संघले आयोजना गर्ने बताए ।

नेपाली चलचित्र क्षेत्रको बर्तमान अवस्था र भविष्यमा यस क्षेत्रलाई कसरी सहज बनाउन सकिन्छ भन्ने सम्भावनाको खोजीका यस्ता अभियानले चलचित्र पत्रकारमा लेखनवृत्तिको अभ्यास र प्रोत्साहन मिल्ने संघको ठहर छ ।

संघले प्रतियोगिताको छनौट समितिमा रहेका पत्रकार विदुर गिरी, शान्तिप्रिय, दिपेन्द्र लामा, जीवनकुमार पराजुली र समीर बलामीलाई पनि धन्यवादसहित प्रमाण पत्र प्रदान गरेको छ ।

Skip This
Skip This
Logo