भारतीय अभिनेत्री प्रेक्षाको सुसाइड नोट ‘सबैभन्दा नराम्रो सपना मर्नु हो’

भारतीय अभिनेत्री प्रेक्षाको सुसाइड नोट ‘सबैभन्दा नराम्रो सपना मर्नु हो’

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । क्राइम पेट्रोल, लाल इश्क, मेरी दुर्गा जस्ता चर्चित शोहरुमा अभिनय गरेकी २५ वर्षिया भारतीय अभिनेत्री प्रेक्षा मेहताले सोमबार मध्यरातमा आफ्नै गृह नगर इन्दौरमा आत्महत्या गरिन् । लकडाउनका कारण मुम्बईबाट इन्दौर आफ्नो घर गएकी उनले फाँसी लगाएर आत्महत्या गरेकी हुन् ।

भारतीय मिडियाका अनुसार प्रहरीले उनको सुसाइड नोट फेला पारेको छ । जसको एक अंश हाल भारतीय मिडियामा भाइरल बनेको छ। सुसाइड नोटको उक्त अंश इन्दौरको हीरा नगर थानाका इन्स्पेक्टर राजिव भदौरियाले सार्वजनिक गरेको बताईएको छ ।

भारतीय मिडियाका अनुसार सुसाइड नोटमा उनले लेखेकी छिन् ‘मेरा टुटेका सपनाहरुले मेरो कन्फिडेन्सलाई तोडिदिएको छ । म मरेका सपनाहरुको साथमा बाँच्न सक्दिन । यो नेगेटिभिटीको साथमा रहन मुश्किल छ । विगत एक वर्षदेखि मैले धेरै कोसिस गरेँ । तर अब म थाकिसकेकी छु ।’  नोटमा उनले आफ्नो मृत्युको दोष कसैलाई पनि दिएकी छैनन् ।

उनकी दिदी (ठुलो बुबाकी छोरी) का अनुसार प्रेक्षा सानैदेखी चन्चले र रिसालु स्वभावकी थिइन् । तर पछिल्लो एक वर्ष यता शान्त भएकी थिईन् । ‘त्यस रात सबै परिवार तास खेलिरहेका थियौँ । तर प्रेक्षा एक्लै शान्त भर्‍याङमा बसिरहेकी थिइन् । रातको दश बजेतिर प्रेक्षा आफ्नो कोठामा गइन् र ईन्टाग्राममा ‘सबैभन्दा नराम्रो सपना मर्नु हो’  लेखिन् । भोलीपल्ट बिहान जब काकी योगा गर्न उनलाई उठाउन गइन् तब ढोका भित्रबाट बन्द थियो । अरु मानिसहरुको मदतले ढोका खोल्दा प्रेक्षा सिलिङ फ्यानमा झुन्डिएकी थिइन् ।’ उनले भनिन ।

– एजेन्सिको सहयोगमा

Skip This
Skip This
Logo