नेपालीको अस्मिता उछालेको आरोपमा बलिउड अभिनेत्री अनुष्का विरुद्ध मुद्दा दर्ता

नेपालीको अस्मिता उछालेको आरोपमा बलिउड अभिनेत्री अनुष्का विरुद्ध मुद्दा दर्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बलिउड अभिनेत्री अनुष्का शर्मा विरुद्ध मुद्दा दर्ता गरिएको छ । वेब सिरिज ‘पाताल लोक’ मा नेपाली महिलामाथि अपमानजनक शब्द प्रयोग गरिएको भन्दै उनीविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

नेपाली महिलामाथि आपत्तिजनक शब्द प्रयोग गरी अपमान गरेको भन्दै प्रदेश गोर्खा युथ वेलफेयर एसोसिएशनले अनुष्का विरुद्ध मानव अधिकार आयोगमा मुद्दा दर्ता गरेको छ।

उक्त वेब सिरिजमा नेपाली भाषीहरुको अपमान भएको भन्दै  अहिले उनीमाथि चौतर्फी आलोचना भइरहेको छ । उनी विरुद्ध नेपाली अभिनेत्रीहरु पनि खरो रुपमा उत्रिएका छन् ।

नेपाली महिलामाथि आपत्तिजनक शब्द प्रयोग गरिएको भन्दै अमेजन प्राइम, निर्माता अनुष्का शर्माले माफी माग्नुपर्ने र  बेव सिरिजबाट उक्त दृश्य हटाउनुपर्ने माग समेत गरिएको छ ।

Logo