यतिबेला नेपाली कथानक चलचित्र ‘आमा’ले नेपाली चलचित्र बजारमा लागेको लामो खडेरीलाई केही मात्रामा भए पनि राहत दिलाईरहेको छ ।
चलचित्र विश्लेषकहरु चलचित्र आमाको विषयवस्तु र प्रस्तुतीकरण बलियो भएको बताइरहेका छन् । त्यसैले पहिलो दिन निकै कम दर्शकको साथ पाएको आमा चलचित्रका दर्शक दिनप्रतिदिन बढ्दै गरिरहेका छन् । दिनानुदिन बढ्दै गईरहेको दर्शकका कारण चलचित्र गएको शुक्रबारमा नभई यस शुक्रबारबाट प्रदर्शनमा आएको जस्तो अनुभव भईरहेको निर्देशक दिपक के खनालका बताउँछन् ।
खनालले निर्देशन, लेखन तथा छायांकन गरेको चलचित्र ‘आमा’मा एउटी छोरीको संघर्ष, त्याग, बलिदान, मायाका साथै हस्पिटल ड्रामाको विषयलाई उठान गरिएको छ । जसमा कलाकारद्वय मिथिला शर्मा र सुरक्षा पन्त आमाछोरीको भूमिकामा देखिएका छन् ।































प्रतिक्रिया