काठमाडौँ ।
नायिका आँचल शर्माको इन्गेजमेन्ट सम्पन्न भएको छ । उनले सोमबार आफ्ना प्रेमी उदीप श्रेष्ठसँग काठमाडौंको चुच्चेपाटीमा रहेको ईम्पेरियल बैंक्वेटमा इन्गेजमेन्ट गरेकी हुन् ।
सुटुक्क गरिएको इन्गेजमेन्टमा आँचल र उदीपका परिवार बाहेक केही नजिकका आफन्तहरुको मात्र उपस्थिती थियो । इन्गेजमेन्टपछि उनीहरुले बिबाहको मिति भने फागुनको अन्तिम हप्तालाई रोजेका छन् ।
आँचल र उदीप साढे १ वर्षदेखि प्रेममा थिए । तर यति लामो प्रेम सम्बन्धलाई उनीहरुले लुकाउदै आएका थिए । यसै वर्ष बिबाह गर्ने पक्का भएपछि मात्र आँचल र उदीपले प्रेमको बिषयमा खुलेर बोलेका थिए ।
आँचल बिबाहपछि पनि चलचित्र क्षेत्रमा नै रहेर काम गर्ने बताउँछिन् । आफू र आफ्नो पेशालाई बुझ्ने श्रीमान् पाएकोमा आफू निकै खुशी भएको र यसै क्षेत्रमा रहेर काम गर्ने उनले बताउदै आएकी छिन् । अहिले आँचल अभिनित चलचित्र ‘झिङ्गे दाउ’ रिलिजको तयारीमा छ ।





























प्रतिक्रिया