काठमाडौँ ।
कुनै समयको चर्चित हाँस्य टेलिसिरियल ‘हिजो आजका कुरा’ को नाम सापटी लिएर निर्माण गरिएको चलचित्र ‘हिजो आजका कुरा’को पहिलो गीत सार्वजनिक भएको छ ।
छायाँकनको अन्तिम चरणमा रहेको यस चलचित्रको गीत ‘माया जदौ’ सार्वजनिक गरिएको हो । जसमा एक दर्जन बढी चर्चित कलाकारहरुलाई प्रस्तुत गरिएको छ । उक्त गीतमा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिहर शर्मा, नीर शाह, मिथिला शर्मा, बसुन्धरा भुसाल, भुवन चन्द, धिरेन शाक्यदेखि निर्देशक दीपाश्री निरौला, हाँस्य कलाकारद्वय जीतु नेपाल, केदार घिमिरे, नायिकाहरु केकी अधिकारी, ऋचा शर्मा, नम्रता श्रेष्ठ, संगीतकार शम्भुजित बाँस्कोटा, अभिनेत्री गौरी मल्ल, निर्देशक दिनेश डीसीसँगै फिल्मका मुख्य कलाकार सन्तोष पन्त, रमा थपलिया र रीमा विश्वकर्मा लगायतले नृत्य गरेका छन् ।
त्यससँगै गीतमा दिव्य देव पन्त, साकार पन्त, जयनन्द लामा, रमेश अधिकारी, जेबिका कार्की, विनायक कुईंकेल, अनुष्का अधिकारी, निरन्जनप्रसाद अर्याल, लक्ष्मी भुसाल, सबिन शाक्य, मञ्जु श्रेष्ठ, सैलेजा पाण्डे, कमला रेग्मीलाई पनि कास्ट गरिएको छ ।
दीपक शर्माको संगीत र आनन्द अधिकारीको शब्द रहेको गीतमा रामकृष्ण ढकाल र मेलिना राईले स्वर दिएका छन् । गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने यसलाई हाईलाईट्स नेपालको अफिसियल युटूब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
साकार पन्तको डेब्यु निर्देशनमा बनेको यस चलचित्रमा सन्तोष पन्त र साकार पन्तको कथाका साथै सन्दीप किस्नाको पटकथा रहेको छ । यो चलचित्र नयाँ वर्षको आगमनसँगै वैशाख १२ मा रिलिज हुनेछ ।































प्रतिक्रिया