काठमाडौं ।
शुक्रबारदेखि सिनेमा हलमा दुई नेपाली फिल्म भिडन्तमा ओर्लिएका छन् । यसरी भिडन्तमा उत्रिएका फिल्म हुन् – ‘सेल्फी किङ’ र ‘साङ्लो’ । ‘सेल्फी किङ’ अभिनेता विपिन कार्की नायक भएको फिल्म हो भने र ‘साङ्लो’ अभिनेता विराज भट्ट निर्माता रहेको फिल्म हो । विराजसँगै पूर्व मिस नेपाल निकिता चण्डक ‘साङ्लो’की नायिका हुन् । उनले यही फिल्मवाट ‘डेब्यू’ गरेकी हुन् ।
निकै समयदेखि उल्लेख गर्न लायक नेपाली फिल्म रिलिज भएका थिएनन् । तर, ‘सेल्फी किङ’ र ‘साङ्लो’लाई केही अर्थमा उल्लेख्य फिल्म मान्न सकिन्छ । विपिनले आजका दिनमा राम्रो अभिनय गर्ने नायकका रुपमा परिचय बनाएका छन् भने विराजले एक्सनमा छाप छोडेका छन् । यस अर्थपनि यी दुई नायकको नाममा फिल्म चल्ने एउटा कोणवाट समीक्षा हुँदै आएको छ ।
विपिनले ‘सेल्फी किङ’मा हाँस्यकलाकारको भूमिकामा निर्वाह गरेका छन् । दिनेश राउत र सुभाष थापाले निर्माण गरेको यस फिल्मलाई विशाल सापकोटाले निर्देशक गरेका छन् । गत सालको सफल फिल्म‘प्रसाद’को टीमले नै यस फिल्मको निर्माण गरेको प्रचार गरिएको छ । र, धेरैले यस फिल्मलाई प्रतिक्षित चलचित्रको रुपमा लिएका छन् ।
एक्सन स्टार विराज भट्टको पनि आफ्नै खाले फ्यान फलोइङ रहेको छ । उनी निकै समय नेपाली चलचित्रको एक्सन प्याट्रनमा जमेर भोजपुरीमा हाम फालेका थिए । उनले आत्मसमीक्षा गर्दै भनेका छन् – ‘बाघ जंगल फर्किएको’ छ । विराजको फिल्ममा एक्सन र कमेडी देख्न पाईने छ । यथार्थ चाहिँ के छ भने केही समययता एक्सन् भनिएका नेपालीलाई दर्शकले रुचाएका छैनन् । कमेडी भने भरपुर बिक्रिभएका छन् । तर, यी दुई नेपाली फिल्मलाई बलिउडवाट आजै रिलिज हुने चलचित्र ‘मलंग’ ले अफ्टेरो पार्ने अड्कल पनि गरिदैछ । ‘मंगल’का कारण ‘सेल्फी किङ’ र ‘साङलो’लाई कम शो दिइएको हल स्रोतको दावी रहेको छ ।





























प्रतिक्रिया