काठमाडौं ।
अभिनेता प्रदीप खड्काले नयाँ बानेश्वरस्थित नबिल बैंकको भवनमा सञ्चालनमा आएको ‘मःम मज्जा’ को पहिलो आउटलेटको उद्घाटन गरेका छन् । बिहीवार एक कार्यक्रमका बीच उनले रिवन काटेर ‘मःम मज्जाः स्वाद घरको’ को उद्घाटन गरेका हुन् । ‘सानो मन र के घर के डेरा’ फिल्मका निर्माता शरद श्रेष्ठको टिमले यो आउटलेट सञ्चालनमा ल्याएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रदीपले नेपालमा मःमलाई ब्राण्डको रुपमा स्थापित गर्न ‘मःम मज्जा’ ले मद्दत गर्ने बताए । ‘कफीको चेन भनेझैँ मःमलाई पनि ब्राण्डको रुपमा स्थापित गर्न जरुरी छ । हामीले नेपाली उत्पादनलाई प्राथमकिता दिनु पर्छ,’ उनले भने, ‘मःम मज्जाको आउटलेटमा ग्राहकको स्वास्थ्यलाई विशेष मध्यनजर गरिएको छ । ग्राहकले अर्गानिक मःमको स्वाद पाउनु हुनेछ ।’
ग्राहकको स्वास्थ्यप्रति संवेदनशील र सचेत रहेका कारण ‘मःम मज्जा’ मा आफू आबद्ध भएको अभिनेता खड्काले बताए । अभिनेता प्रदिपले आफू पनि मःमको निकै पारखी रहेको समेत बताए ।
एक वर्षभित्र देशका १० शहरमा ‘मःम मज्जा’ को आउटलेट सञ्चालन गर्ने तयारीमा रहेको पनि सञ्चालक शरदको तयारी रहेको छ । भिडियो :





























प्रतिक्रिया