प्रभासको ‘सालार २’ स्थगित्

प्रभासको ‘सालार २’ स्थगित्

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । अभिनेता प्रभास स्टारर निर्देशक प्रशान्त नीलको फिल्म ‘सालार २’ लामो समयदेखि चर्चामा छ। यो ब्लकबस्टर फिल्मको दोस्रो भागका लागि फ्यानहरु प्रतिक्षा गरिरहेका छन्। फिल्मको सिक्वेलको माग भइरहँदा अब भने यो फिल्मको निर्माण अनिश्चित हुने भएको छ। हालका लागि यो फिल्म निर्माणको काम स्थगित गरिएको छ।

फिल्मका निर्देशक नील यतिबेला ‘सालार २’ नभई जुनियर एनटीआरको ३१ औं फिल्मको तयारीमा जुटेका छन्। उनी जुनियर एनटीआरको फिल्मको काम पछि मात्र ‘सालार २’तिर ध्यान दिने सोचमा छन्।

नीलले धेरै अघि नै जुनियर एनटीआरसँग आगामी फिल्मको घोषणा गरेका थिए। त्यो समयमा उनी प्रभासको फिल्म ‘सालार’लाई पुरा गर्ने काममा व्यस्त थिए। फिल्म ‘सालार’ हिट भएपछि निर्माताले यसको दोस्रो भाग बनाउने निर्णय लिएका थिए। तर निर्देशक नीलको व्यस्तताले ‘सालार २’को काम तत्कालका लागि रोकिएको छ।

Logo